३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

रुपन्देहीमा १ हजारले लियो श्रीमतीको ज्यान श्रीमान पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन १२, २०७९

ABC (क्राईमबिट)
रुपन्देही । आफ्नै श्रीमती ३१ वर्षीया साबित्री थापा क्षेत्रीको विभत्स हत्या गरेको अभियोगमा कञ्चन गाउँपालिका-१ डेलर बस्ने ३३ वर्षीय यम बहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरको सुत्ने कोठामा बुधबार बिहान साबित्री मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले घटना शंकास्पद र हत्या भएको हुन सक्ने देखिएपश्चात यम बहादुरलाई तत्काल नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानको क्रममा यम बहादुरले मादक पदार्थ सेवन गरी सुतेकोमा श्रीमती समेतले अघिल्लो दिन साँझ दराजमा राखेको नगद १ हजार रुपैयाँ लिई रक्सी किनेर खाई सुतेकोमा यम बहादुरले राति उठेर पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई पैसा नसोधी लिई गएको भनि कुटपिट गर्ने क्रममा खाटको खुट्टा र भित्तामा टाउको ठोकाई हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

उनी उपर ज्यान सम्बन्धि कसूर अन्तर्गत म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरेहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज शुक्रबार बाँकेमा हर्षोल्लासपूर्वक होली मनाएर सकियोको छ । ठाउँ ठाउँमा होलीका पसल र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । नेपालगन्जस्थित त्रिभुवन चोक, सदरलाइन, बीपी चोकमा, धम्बोजी चोकमा होली मिलन कार्यक्रम राखिएको छ । विशेषगरी तराई अवधका जिल्लामा रमाइलो गरी होली मनाउन बालबालिकादेखि बूढापाका होलीको रंगमा झुमेका छन् ।अवधी साहित्यकार विष्णुलाल कुमालले भने, ‘अहिले […]

मोरङ । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । प्रहरी नियन्त्रणमा रहेकामा विराटनगर महानगरपालिका–१० बस्ने २८ वर्षीय स्ववियु सभापति जसवन्त पौडेल, विराटनगर […]

मोरङमा जङ्गली हात्तीको आक्रमणबाट १६ जनाको हालसम्म मृत्यु मोरङ । लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो । ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको निधन भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । बेलबारी–११ स्थित […]

error: Content is protected !!