३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

अमर वान्तुको नयाँ गित काठे भाकैले’ बजारमा सार्वजनिक

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९

ABC-SANCHAR
काठमाडौं । स्रष्टा अमर वान्तुको नयाँ गीत ‘काठे भाकैले’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत, तारावीर पाण्डे, अस्मिता अधिकारी, सन्तोष श्रेष्ठ र सहिमा श्रेष्ठको स्वर, राजु कार्कीको एरेञ्ज एवं प्रकाश मिश्रको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गम्भिर विष्टले निर्देशन गरेको डान्सिङ शैलीको गीतको भिडियोमा आर्यन खरेल र सजिना श्रेष्ठलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ । ‘सबै मिहिनेतबाट एउटा राम्रो गीत र यसको भिडियो बनेको छ, श्रोता/दर्शकले मन पराउनेमा आशावादी छौ’, सर्जजक बान्तुले भन्नुभयो । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।

बान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’एल्बम पाठक/स्रोता र दर्शकमाझ आएकाछन् । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीतलेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी भयो धरान…’लगायत थुप्रै गीत श्रोता/दर्शकले अत्यधिक मन पराएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । सिरहामा प्रहरी हिरासतमा रहेका एक थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय, मिर्चैयाको नियन्त्रणमा रहेका अर्नमा गाउँपालिकाका असलम मन्सुरी बिहीबार बुलेकी फरार भएका हुन् । अभद्र व्यवहार मुद्दामा बिहीबार नै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।‘उनको खोजी भइरहेको छ,’ मिर्चैयाका प्रहरी प्रमुख […]

बाँके । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विहीवार नेपालगन्जको स्थलगत अनुगमन गरेका छन् । नेपालगन्जका विभिन्न स्थानमा पुगेर उनले नागरिक अगुवा र धार्मिक गूरुसँग प्रत्यक्ष सम्बाद समेत गरेका छन् । स्थलगत अनुगमन पछि उनले नेपालगन्जलाई सद्भावको सहरको रुपमा राखि राख्न सम्बेदनशील क्षेत्र र धार्मिक गूरु एवम् नागरिक समाजका अगुवासँग प्रत्यक्ष छलफल गरेको बताए । उनले […]

  बाँके । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ ।पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली […]

error: Content is protected !!