०४ चैत्र २०८१, मंगलबार
18-03-2025 , Tue
×

घाेराही खानेपानीको अध्यक्षमा पुन :डिसी लगायत पुरा गठबन्धन प्यानल विजयी

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

ABC-SANCHAR
दाङ । घाेराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाकाे अध्यक्षमा देवीबहादुर डिसी (देवी वकिल) पुन: विजयी भएका छन् । डिसीले गठबन्धन प्यानलकाे नेतृत्व गरेका थिए । डिसीले २२९४ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता तथा संयुक्त प्यानलका उम्मेदवार नारायण भुसालले १०८५ मत प्राप्त गरेका छन् ।

डिसी संस्थामा साताैँ कार्यकालका लागि निर्वाचित भएका हुन् । २०६० सालदेखि डिसीले संस्थामा निरन्तर नेतृत्व गर्दै आएका छन् ।

वरिष्ठ उपाध्यक्षमा गठबन्धन प्यानलका भरतमणि पाण्डेय १८८२ मत लिई विजयी भएका छन् भने संयुक्त प्यानलका उम्मेदवार नरबहादुर बुढाथोकीले १२९७ मत लिएका छन् ।

महिला उपाध्यक्षमा गठबन्धन प्यानलका हेमन्ती राेका मगर १६९७ मत लिई विजयी भएकी छन् भने संयुक्त प्यानलका उम्मेदवार लक्ष्मीसिंह ठकुरीले १३९८ मत लिएकी छन् ।

सचिवमा गठबन्धन प्यानलका धर्मेन्द्र श्रेष्ठ १८२६ मत लिई विजयी भएका छन् भने संयुक्त प्यानलका उम्मेदवार दिपक कुमार श्रेष्ठले १२९८ मत लिएका छन् ।

काेषाध्यक्षमा गठबन्धन प्यानलका ध्रुव केसी २१९२ मत लिई विजयी भएका छन् भने संयुक्त प्यानलका उम्मेदवार सानुमाया अधिकारीले ८९८ मत लिएका छन् ।

महिला सदस्यमा गठबन्धनका खुमा खड्काले २१६७, विन्दु पाण्डेयले १८७० र यशोदा पाण्डेयले १६६८ मत प्राप्त गरी विजयी भएका छन् ।
त्यस्तै संयुक्त प्यानलका ज्योती रोका मगरले १०६६, देवकला पाण्डेले ११४३ र लक्ष्मी अधिकारीले १२६० मत प्राप्त गरेका छन् ।

खुला सदस्यमा गठबन्धन प्यानलका किशोर आचार्य २०९२,युवराज आचार्यले १६१० र दिनेश वली १४७२, मत लिई विजयी भएका छन् ।

संयुक्त प्यानलका महेश न्यौपानेले १०११, हरि खरेलले १२०१ र सुनिल बनियाँले ७९१, मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार दिएका नारायण लामिछानेले ६६५ मत प्राप्त गरेका छन् ।

संस्था २०५३ सालमा स्थापना भएकाे हाे । संस्थाकाे संस्थापक अध्यक्ष यज्ञबहादुर बुढाथोकी (हाल स्वर्गीय ) थिए । नव निर्वाचित डिसी २०५३ सालमा सदस्य पदमा रही काम गरेका थिए । २०५७ सालमा मधुसुदन पाैडेल अध्यक्ष भएका थिए भने डिसी दाेस्राे कार्यकालमा पनि सदस्य रही काम गरेका थिए । २०६० सालदेखि डिसीले निरन्तर रूपमा संस्थाकाे नेतृत्व गर्दै आएका छन् । डिसी आम उपभोक्ताका माझ `पानी बा´ नामले परिचित छन् ।

संस्थामा नयाँ नेतृत्वका लागि हिजाे शनिबार मतदान भएकाे थियाे । कुल ७ हजार १ सय २३ मतदाता रहेकाेमा ३ हजार ५ सय ६५ मत खसेकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक भव्य समारोहमाबीच नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले विशेष सम्मानसहित कुँवरलाई बिदाई गरेका हुन् । उनले कुँवरलाई मायाको चिनो दिएर बिदाई गरे । कुँवरको बिदाई कार्यक्रममा नवनियुक्त आईजीपी थापाका प्रतिस्पर्धीद्वय सुदीप गिरी र टेक बहादुर तामाङ पनि सहभागी थिए । तीन दशकभन्दा बढी सेवा पुर्‍याएका कुँवर सेवा […]

  काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपीमा नियक्त भएका हुन् । एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा नेपाल प्रहरी प्रमुख बनेका हुन् । विद्यमान प्रहरी ऐन कायम रहेमा थापाको कार्यकाल करिब ६ महिनाको हुनेछ । सेवा प्रवेश गरेदेखि एआईजी हुँदासम्म थापाले २० भन्दा बढी युनिटको […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतको बिदाई कार्यक्रम सम्पन्न भएको छ । मिति २०५१ चैत्त ०५ गते सेवा प्रवेश गरी प्रहरी नियमावली २०७१ बमोजिम ३० वर्षिय सेवा हदको कारण मिति २०८१।१२/०५ गते अनिवार्य अवकाश भई जान लाग्नुभएका […]

error: Content is protected !!