०२ माघ २०८१, बुधबार
15-01-2025 , Wed
×

आईजीपी धिरज प्रताप सिंह र काठमाडौं मेयर बालेन्द्र शाह बीच भेटवार्ता

Logo
प्रकाशित शुक्रबार, आषाढ २४, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बिच भेटवार्ता भएको छ ।

प्रहरी प्रधान कार्यालयमा उनीहरुको बिचमा भेटघाट र छलफल भएको बताइएको छ ।

काठमाडौंको फोहोरमैला व्यवस्थापनमा प्रहरीले कसरी सहयोग गर्नसक्छ भन्नेबारे छलफल भएको छ ।

मन्दिरको शहर भनेर चिनिने काठमाडौंमा मूर्ति चोरी बढेको र सो चोरी न्यूनिकरण गर्न महानगरपालिकाले सिसिटिभी जडान गर्नेबारे छलफल भएको छ ।

ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात गर्नेबारे आईजीपी र मेयर शाहको बिचमा छलफल भएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।
उपत्यकामा सिसिटिभी बिस्तार र चोरी नियन्त्रणका लागि कम्यूनिटी साइरन जडान गर्नेबारे छलफल भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो । उनी गत आइतबारदेखि काठमाडौं प्रहरीको हिरासतमा रहेका छन् । मंगलबार सार्वजनिक बिदा भएकाले हेर्दाहेर्दैमा रहेको थुनछेक बहस आज हुने भएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सोमबार लामिछानेको विपक्षमा २ जना वरिष्ठ अधिवक्ता […]

  बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी तुलबहादुर कार्की आएदेखि २०८१ पौष महिनासम्म अपराध अनुसन्धान कारवाही धमाधम गरिएको छ । ➤ जमिन मुनिबाट सुन निकालिदिन्छु भनि २ करोड ठगी गर्ने मानिसलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडी बढाईएको छ । ➤ हराएका ४ वटा मोटरसाईकल र १० थान मोबाईल फेला पारि सम्बन्धित धनिलाई बुझाईएको […]

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ९२ पैसा कायम भएको छ । तोकिएको विनिमयदर अनुसार युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९० […]

error: Content is protected !!