३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

सशस्त्र प्रहरीमा प्राविधिक इन्स्पेक्टरको बढुवा प्रक्रिया शुरु ७ दिनभित्र आवेदन

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरीमा प्राविधिक समूह, स्वास्थ्यतर्फका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को बढुवा प्रक्रिया शुरु भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले रिक्त रहेको स्वास्थ्यतर्फको इन्स्पेक्टर पदमा बढुवा प्रक्रिया शुरु गरेको हो ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विदुर खड्काले सशस्त्र प्रहरी बलमा प्राविधिक समूह, स्वास्थ्यतर्फको रिक्त इन्स्पेक्टर पदमा बढुवाका लागि बुधबार साँझ सूचना प्रकाशित गरेका छन् ।

डीआईजी खड्काले जारी गरेको सूचनामा प्राविधिक समूह, स्वास्थ्यतर्फका प्राविधिक सशस्त्र प्रहरी नायब निरीक्षकहरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि ७ दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ । डीआईजी खड्का बढुवा समितिका सदस्य सचिव हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । सिरहामा प्रहरी हिरासतमा रहेका एक थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय, मिर्चैयाको नियन्त्रणमा रहेका अर्नमा गाउँपालिकाका असलम मन्सुरी बिहीबार बुलेकी फरार भएका हुन् । अभद्र व्यवहार मुद्दामा बिहीबार नै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।‘उनको खोजी भइरहेको छ,’ मिर्चैयाका प्रहरी प्रमुख […]

बाँके । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विहीवार नेपालगन्जको स्थलगत अनुगमन गरेका छन् । नेपालगन्जका विभिन्न स्थानमा पुगेर उनले नागरिक अगुवा र धार्मिक गूरुसँग प्रत्यक्ष सम्बाद समेत गरेका छन् । स्थलगत अनुगमन पछि उनले नेपालगन्जलाई सद्भावको सहरको रुपमा राखि राख्न सम्बेदनशील क्षेत्र र धार्मिक गूरु एवम् नागरिक समाजका अगुवासँग प्रत्यक्ष छलफल गरेको बताए । उनले […]

  बाँके । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ ।पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली […]

error: Content is protected !!