ABC-SANCHAR
काठमाडौं । केबलकार बिग्रँदा चन्द्रागिरि डाँडामा २०० भन्दाबढी मानिस रोकिएका छन् । केबुलकारमा प्रविधिक समस्या आएपछि मानिस रोकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।
चन्द्रागिरि डाँडामा भालेश्वर महादेवको मन्दिरमा घुम्न गएका थिए । उनीहरुलाई प्रहरीले जीप, ट्रक, बसमार्फत उद्धार गर्न सुरु गरिएको एसपी मैनालीले बताए । केहीलाई जेनेरेटर चलाएर केबलकार सञ्चालन गरी उद्धार गरिएको थियो । यस्तै, बुधबार दिउँसो राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेना परिवारसहित चन्द्रागिरी पुगेका थिए । उनी पनि केबलकार बिग्रिएपछि एक घण्टासम्म रोकिएका थिए ।