१९ पुष २०८१, शुक्रबार
03-01-2025 , Fri
×

धनुषा सशस्त्र प्रहरीले स्रोत नखुलेको ८३ लाख रुपैयाँसहित २ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ २१, २०७९

ABC (क्राईमबिट)
धनुषा । भारतबाट बोरामा आलुसँगै ल्याउँदै गरेको स्रोत नखुलेको ८३ लाख रुपैयाँ मंगलबार सशस्त्र प्रहरीले बरामद गरेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका-१ इनर्वामा भारतबाट मोटरसाइकलमा राखेर ल्याउँदै गरेको बोरामा ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक शम्भु कटुवालले बताए ।

ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा बोरामा स्रोत नखुलेको रकम ल्याउने जनकनन्दनी गाउँपालिका ५ का १९ वर्षीय राजेश मण्डल र ३६ वर्षीय ईश्वर मण्डललाई पक्राउ गरिएको कटुवालले बताए ।
बरामद रकम र पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नेपाल प्रहरीका (एसपी) लालबाबु गिरीलाई (एसएसपी) पदमा बढुवा काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) लालबाबु गिरीलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुव प्रहरी उपरीक्षक (एसपी) लालबाबु गिरीलाई प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा  सिफारिस समितिले प्रहरी नियमावली २०७१ को उपनियम २७ को उपनियम(४)को प्रावधान अनुसार गिरीको नाम सिफारिस गरेको हो।

  काठमाडौं । बिहीबार बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त पाँच डीआईजी पदमा ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, र गोबिन्द थपलियालाई सिफारिस गरेको हो। प्रहरी प्रधान कार्यालयले डीआईजी पदमा बढुवाका लागि सिफारिस गरिएको सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार सार्वजनिक गरेको छ। सिफारिस […]

  बाँके । कोहलपुर बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुल बहादुर कार्कीद्वारा ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको अनुगमन तथा निरीक्षण गर्दै । ईलाका प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

error: Content is protected !!