ABC ( Sanchar) त्रिकोणात्मक टी २० आई सिरिजमा नेपालले मलेसियालाई हराएको छ। नेपालले १३.४ ओभरमा ४ विकेटको क्षतिमा ११५ को सहज लक्ष्य पूरा गरेको हो।
पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको नेपालले मलेसियाविरुद्धको खेलमा लगातार दोस्रो जित निकालेको हो। जितसँगै सिरिजको फाइनलमा पुग्ने नेपालको सम्भावना बलियो बनेको छ।
खेलमा ओपनर आसिफ शेखले अर्धसतक पार गरे। उनले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५७ रन बनाएका थिए। रासस