(महेन्द्र सिंह)
बाँके । नेपालगंज उपमहानगरपालिका वडा नं.१० ट्राफिक चोक स्थित भारतबाट जमुनाहा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको लत्ता कपडा, जुत्ता, फेस क्रम, पाउडर दुध जस्ता सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकले जनाएको छ ।
प्रहरीका अनुसार बरामदका सामानको अन्दाजी मुल्य २,५६,४५०।– (दुई लाख छपन्न हजार चार सय पचास) रुपैया बराबरको रहेको छ ।
प्रहरीले सामानहरु थप आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको जनाएको छ ।