(ABC-Sanchar) काठमाडौं । दुई दशकअघिसम्म कास्कीका अधिकांश स्थानमा सुन्तला राम्रै फल्ने गर्दथ्यो । सुन्तलाकै कारण जिल्लाको भरतपोखरी, हंसपुर, दोपहरे फेदीपाटन जस्ता ठाउँ चर्चित थिए । पछिल्ला वर्षमा यहाँका भरतपोखरी, हंसपुर, पुरञ्चौरलगायतका ठाउँमा सुन्तला चाख्न पनि रहर बनेको छ । जिल्लाकै फेदीपाटन, दोपहरे, खच्र्याङ, मास्पाटनलगायतका स्थानमा भने पछिल्ला केही वर्षयता सुन्तलाको उत्पादन बढ्दै गएको छ । सिक्टस ग्रिनिङलगायतका भाइरसका कारण अधिकांश स्थानमा सुन्तला सखाव भए पनि पोखरा महानगरपालिका– २१ फेदीपाटनमा भने केही वर्षयता सुन्तलाको उत्पादन बढ्दै गएको यहाँका कृषक बताउँछन् । यस वर्षमा सो क्षेत्रमा सुन्तला बिक्रीबाट कृषकले २२ लाखभन्दा बढी रकम भित्र्याउन सफल भएका छन् । पोखरा महानगरपालिकाको प्रमुख प्रविधिमैत्री …