ABC (क्राईमबिट)
बाँके । लागूऔषध मुद्दामा दोषी ठहर हुँदै ४ बर्ष १० महिना १४ दिन कैद सजाय र ५ हजार रुपैयाँ जरिवानाको फैसलाको सजाय पाएर फरार भएका खजुरा ३ का २३ बर्षीय शिशिर श्रेष्ठलाई आज इलाका प्रहरी कार्यालय धनौली खजुराले पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।
जिल्ला अदालत बाँकेले श्रेष्ठलाई २०७५ मंसिर २३ गते लागूऔषध मुद्दामा दोषी भन्दै जेल सजाय सुनाएको थियो । त्यस पश्चात् फरार रहँदै आएका श्रेष्ठलाई खजुराबाट पक्राउ गरी जिल्ला अदालत बाँके बुझाइएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।