ABC (क्राईमबिट)
बर्दिया । सशस्त्र प्रहरीले १ लाख १५ हजार १ सय १० मुल्य बराबरको अबैध सामान र काठ बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण र मातहत बिओपिहरुबाट खटिएका प्रहरी टोलीले आइतबार अबैध सामान बरामद गरेको हो । भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा काठ र सामान बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर रावतले बताए ।
उनका अनुसार कपडा, चिनी, भेली र सिसौंको काठ बरामद भएको छ । बरामद काठ र सामान कारवाहीको लागि सम्बन्धित कार्यालयमा बुझाएको उपरीक्षक रावतले जानकारी दिए ।