०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

आज एकाबिहानै गैँडकोटमा डरलाग्दो दुर्घटना: १५ यात्रु घाइते

Logo
प्रकाशित शनिबार, आषाढ ०९, २०७५

नवलपरासी, ९ असार – नवलपरासीमा आज बिहान सवारी दुर्घटना भएको छ । पूर्व‐पश्चिम राममार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडकोटमा भएको सवारी दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् ।
गैँडाकोट–९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना६ख ५९२७ नंको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना६ख ४१६ नं को बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार १५ जना यात्रु घाइते भएका हुन् ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । सबै घाइतेको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगन्ज १५ जमुनाह स्थित सज्जाद भन्नेको घरमा भारतबाट अवैध रुपमा भन्सार छलि गरि भण्डारण गरि राखेको अवस्थामा लत्ता कपडा प्रहरीले बरामद गरेको छ। प्रहरीले कुर्ता सुरवाल, धोती र मोजाहरु जम्मा अन्दाजी मुल्य रु.२,१८,९६०।–(दुईलाखअठार हजार नौसय साठी) बराबरको फेला पारी बरामद गरेको हो । उक्त बरमदका लत्ता कपडा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय […]

  काठमाडौं । पुष ३ गतेको प्रहरी उपरीक्षक निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी सहायक हवल्दारलाई प्रहरी हवल्दार पदमा बढुवा र पदस्थापन गरिएको हो । बढुवा भएका प्रहरी हवल्दारलाईलाई प्रचलित नियम अनुसार तलब भत्ता समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी उनीहरूको पदस्थापन गरिएको हो ।

चितवन । राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने तीनचुली मध्यवर्ती सामुदायिक वनको लक्ष्मीडाँडामा शिकारी नै बाघको सिकार भएको घटना आइतबार निकुञ्ज कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो। सोमबारको गोरखापत्र दैनिकमा समाचार छ, बाघको शिकारमा नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय जितबहादुर थिङ परेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेशप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार […]

error: Content is protected !!