२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

५ दिने दालमोट बनाउने तालिम बिजुवारमा सम्पन्न

Logo
प्रकाशित आइतबार, आषाढ ०३, २०७५

राम बहादुर बिश्वकर्मा
प्युठान / प्युठानको बिजुवारमा दालमोट बनाउने तालिम सम्पन्न भएको छ । प्युठान नगरपालिका वडा न ४ को सहयोग तथा ग्रामिण आर्थिक बिकास मन्च खलंगाको आयोजनामा तालिम संचालन गरिएको हो । ५ दिन सम्म संचालन गरिएको तालिमको आइतवार एक कार्यक्रम गरि समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै प्युठान नगरपालिका ४ का वडअध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीले गुणस्तर सहितको बस्तु उत्पादन गर्न आग्रह गर्नुभयो । तालिममा सिकेको सिपलाई प्रयोगमा ल्याउन सहभागीलाई आग्रह गर्दै वडा कार्यालयले हरेक बस्तिमा जिविकोपार्जनका विभिन्न कार्यक्रमहरु ल्याईरहेको उहाले बताउनुभयो ।
तालिमको औचित्य माथि प्रकाश पार्दै ग्रामिण आर्थिक विकास मञ्चका कार्यक्रम संयोजक रन्जना श्रेष्ठले सिप बिकास तालिमले ब्यक्तिलाई सबल र आत्मनिर्भर बनाउने बताउनुभयो । उपभोक्ताको माग अनुसारको तालीम सन्चालन गरिएको उहाको भनाई छ ।
त्यस्तै पहिले उद्यम के हो , उद्यम कसरी गर्ने भन्ने बारे थाह नपाएकी रेशमा कार्कीले तालिममा सहभागी भएपछि उद्दमशिलता बिकास तालिमबाट दालमोट बनाउन जानेको भन्दै अब यहि उद्योग सन्चालन गर्ने बताउनुभयो ।

तालिम समापन कार्यक्रमको सन्चालन उद्यम बिकास सहजकर्ता शारदा बि.क ले गर्नुभएको थियो।वडा बासीलाई सिप बिकास तालिम प्रदान गरि आत्मनिर्भर र स्वरोजगारी बनाउने उद्देश्यले तालिम संचालन गरिएको बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!