२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कर्णालीमा १ सय १० नयाँ कुष्ठरोगी

Logo
प्रकाशित बिहिबार, जेठ २४, २०७५

सुर्खेत, जेठ २४- कर्णाली प्रदेशमा ११० जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७३÷७४ मा १० वटा जिल्लामा उक्त संख्यामा नयाँ बिरामी फेला परेका हुन् ।
एक वर्षको अवधिमा स्वास्थ्य संस्थामा जाँच गर्न आएका तथा विभिन्न अभियानमा बिरामी फेला परेका मध्यपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षय कुष्ठरोग अधिकृत पदम केसीले जानकारी गराउनुभयो । प्रदेशमा सबैभन्दा बढी बिरामी सुर्खेतमा फेला परेका छन् । जिल्लामा एक वर्षको अवधिमा ३१ जना बिरामी फेला परेको तथ्यांकमा उल्लेख छ ।
त्यसैगरी, जाजरकोटमा २४, सल्यानमा १४, रुकुम र कालीकोटमा १०/१० जना नयाँ बिरामी फेला परेको निर्देशनालयले जनाएको छ । यस्तै, दैलेखमा सात, जुम्ला र मुगुमा पाँच÷पाँच जना, हुम्लामा तीन र डोल्पामा एकजना नयाँ बिरामी फेला परेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
निर्देशनालयका अनुसार पहाडीभन्दा पनि तराईका जिल्लामा कुष्ठरोगका बिरामी बढी फेला परेको जनाएको छ । निर्देशनालयका क्षय कुष्ठरोग अधिकृत केसीका अनुसार सामाजिक विभेदका कारण कुष्ठरोगका बिरामी खुल्न नसकेको बताउनुभयो ।
सरकारले कुष्ठरोग उन्मूलन भएको घोषणा गरेपनि सुर्खेतमा नयाँ बिरामी फेला परेपछि यसलाई निर्मूल पार्नका लागि अभियानकै रुपमै सञ्चालन गरिने भएको हो । जेठ २७ देखि ३१ गतेसम्म कुष्ठरोग प्रभावित स्थानमा अभियानकै रुपमा सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका क्षय कुष्ठरोग अधिकृत गणेशभक्त गौतमले जानकारी दिनुभयो ।
कुष्ठरोग अभियान—२०७५ को बारेमा जानकारी दिने उद्देश्यले बुधबार कार्यालयले आयोजना गरेको सञ्चारकर्मीबीचको अन्तक्र्रिया कार्यक्रममा गौतमले जिल्लाका साविकका २० वटा गाविसका स्वास्थ्य चौकीमा विभिन्न कार्यक्रमको आयोजना गरिने बताउनुभयो । यसका लागि तीनवटा समितिमार्फत घरदैलो अभियान सञ्चालन गरिनेछ ।
यसअन्तर्गत खोजकर्ता टोलीले प्रत्येक घरदैलोमा गएर कुष्ठरोगका लक्षण भएका व्यक्तिको खोजी गर्नेछ भने रोग निदान टोलीले खोजिएका व्यक्तिको रोगको निदान गर्नेछ भने सुपरिवेक्षण टोलीले पूर्णरुपमा निदान गर्नेछ । उपचारमा आउन नसकेका कुष्टरोगका बिरामीलाई खोजी गरी रोगको निदान गरी उपचार पद्धतिमा ल्याउनको लागि अभियान शुरुवात गरिएको क्षय कुष्ठरोग अधिकृत गौतमले बताउनुभयो ।
उहाँले कुष्ठरोग लागेको थाहा पाउने बित्तिकै तुरुन्तै उपचार गरेमा शरीर अंगभंग हुनबाट बच्न सकिने बताउनुभयो । गौतमले साविकका बिजौरा, गुटु, बाबियाचौर, सालकोट, छिन्चु, लेकपराजुल, मैनतडा, साटाखानी, गुमी, मेहलकुना, राकम र वीरेन्द्रनगरको लाटीकोइली र कटकुवालगायत २० स्थानमा अभियान सञ्चालन गर्ने बताउनुभयो ।
आव २०७३÷०७४ मा जिल्लामा ३१ जना नयाँ कुष्टरोगका बिरामी फेला परेको कार्यालयको तथ्यांक रहेको छ । जिल्लाको पूर्वी भागका साविकका छिन्चु, मैनतडा, मेहलकुना र पश्चिमको सालकोटलगायतका गाविसमा बढी बिरामी फेला परेका जनाइएको छ । कार्यक्रममा मध्यपश्चम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत विनोद आचार्यले अझै पनि कुष्ठरोगका बिरामी खुलेर नआउने भएकाले पनि यस्ता अभियानबाट उनीहरुलाई उपचारमा ल्याइने बताउनुभयो ।
कार्यालयका शाखा अधिकृत हरि पौडेल र वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतन वाग्लेले यस अभियानलाई सफल बनाउन सम्पूर्ण निकाय लाग्नुपर्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!