१२ पुष २०८१, शुक्रबार
27-12-2024 , Fri
×

दाङको देउखुरी जंगलमा चितुवा मृत अवस्थामा फेला

Logo
प्रकाशित शनिबार, माघ १०, २०७७

 

ABC Sanchar
दाङ । देउखुरी जङ्गलमा एउटा चितुवा मृत फेला परेको छ । लमहीको अजम्मरी सामुदायीक वन क्षेत्रमा दाउरा लिन गएका स्थानीयले देखेपछी वन कार्यालयलाई खबर गरेका थिए । उक्त चितुवा गलि सकेकोले केहि दिनअघि चितुवा मरेको अनुमान गरिएको छ ।

चितुवाको घाँटीमा पासो लागेको जस्तो निशान फेला परेको छ । जनावर मार्न थापिएको पासोमा चितुवा परेको हुन सक्ने अनुमान छ । मृत फेला परेको चितुवालाई पोष्ट मार्टम गरी व्यवस्थापन गरिने सहायक वन अधिकृत पुरण चौधरीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बझाङ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको निरीक्षण कार्यक्रम बिहीबार सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख श्रद्धेय श्रीमान् प्रहरी नायव महानिरीक्षक डिआईजी गणेश चन्द । प्रहरी कार्यालय बझाङमा पाल्नु भई जिल्ला प्रहरी कार्यालयको आन्तरिक तथा वाह्य निरीक्षण गर्नुका साथै यस कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारी हरुलाई समेत आवश्यक निर्देशन दिएका थिए ।

  दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको निर्देशनमा कार्यालय तथा मातहत ट्राफिक प्रहरी पोष्टहरुबाट बिभिन्न स्थानमा दुर्घटना न्युनिकरणलाई मध्यनजर गरि बिभिन्न सवारी साधनहरुमा रिफ्लेक्टर (स्टिकर) टाँस गरिएको छ । चालक तथा सह-चालकहरुलाई दुर्घटना न्युनिकरण,ट्राफिक नियम तथा संकेत, सवारी दुर्घटना बाट बच्ने उपायहरु र दुर्घटना न्युनिकरणका बिषयमा ट्राफिक सचेतना मुलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी […]

लुम्बिनी प्रदेश डिआईजी दानबहादुर कार्की जिल्ला प्रहरी दाङको निरीक्षण तथा निर्देशन दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण गर्नुका साथै कार्यालय तथा मातहत समेतमा रहेको कार्यरत प्रहरी ईकाइहरुका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको जिल्ला प्रहरी कार्यालय […]

error: Content is protected !!