०८ माघ २०८१, मंगलबार
21-01-2025 , Tue
×

वडा कार्यालयमा डिजिटल सूचना बोर्ड

Logo
प्रकाशित शनिबार, जेठ १९, २०७५

सलिम अन्सारी,प्युठान
सरुमारानी गाउपालिका वडा नम्बर ४ को कार्यालयले डिजिटल सूचना बोर्ड स्थापना गरेको छ । गाउपालिका भित्रका सूचना तथा जानकारीहरु प्रवाह गर्ने उद्देश्यले १ लाख रुपैयाँको लगानीमा वडा कार्यालयले डिजिटल सूचना बोर्ड सञ्चालन गरेको हो । वडाकार्यालयका अनुसार सूचना बोर्डमा गाउपालिका तथा वडा बाट प्रवाह हुने सेवा सुविधा,विभिन्न निर्णय,बिकास योजनाहरुको बजेट बिनियोजन, कार्यालयको बडापत्र, सूचनामूलक सन्देश, कार्यालयबाट सम्पादन भएका र हुने काम तथा गतिविधि लगायतको जानकारी तथा अन्य आधारभुत सामाग्री समेटिने छन । सरुमारानी गाउँपालिका- ४ का वडाअध्यक्ष चिन्त बहादुर सोमैले गाउपालिका र यश अन्तर्गतका वडाहरुको दैनिक गतिविधिलाई पारदर्शी ढंगवाट आम नागरिकको बिच सुचना प्रबाह गर्दै शुसासन कायम राख्नका लागि नयाँ प्रयोगको सुरुवात गरिएको बताए । सूचना बोर्डले गाउँपालिकाको वस्तुस्थितिसँगै सूचनालाई सेवाग्राहीको पहुँचमा पु¥याउन, उपभोक्ता समिति गठनदेखि योजना फछ्र्योटसम्मका सूचना सहज रुपमा प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । कागजमा लेखेर जालीभित्र सूचना टाँस्ने प्रविधि पुरानो भइसकेकाले डिजिटल प्रविधिबाट सूचना प्रवाह गर्न यस्तो सूचना बोर्ड सञ्चालनमा ल्याइएको गाउपालिकाले जनाएको छ । सरुमारानी गाउपालिकाको केन्द्र समेत रहेको बडडाडा स्थित वडा नम्बर ४ को कार्यालयमा गदि दरवार शृजनशिल शाखाको नामबाट डिजिटल सुचना बोर्ड संचालन गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष राशि – खुट्टा तान्नेहरु सलवलाउनेछ छन् ।पदिय मर्यादा राखेर कार्य गर्दा शुभ हुनेछ ।मानसिक दवाव वढेको महशुस होला ।आज दिन मध्यम फलदायि रहनेछ । मनमा अनावश्यक चिन्ता उत्पन्न हुनेछ ।स्वास्थ्यमा ख्याल राख्नु होला । धैर्यताले कार्य गर्दा सहजता हुनेछ । बृष राशि – बन्धुबान्धवाको सहयोगले कार्य सम्पादनमा सहजता हुनेछ ।शुभ कार्यको चर्चा चल्ला ।रोकिएका […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

  सिरहा । जेलमा नाईके रहेका धनुषाका रामपृत महतोका छोरा ३२ बर्षिय विजय महतो र उनका साथी ईन्द्रजीत यादवले कारागारभित्रै अवैद्य धन्दा चलाईरहेको पाईएको छ । जेलभित्र नीजि पसल सँचालन गरेर कैदीहरुलाई दारु, चुरोट र सूर्ति समेत विक्रि वितरण गरिरहेको पाईएको छ । जेलभित्र जेल प्रशासनकै समन्वयमा बजार मूल्यभन्दा ५० गुणा अधिक मूल्य लिएर प्रतिबन्धित […]

error: Content is protected !!