२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

स्वर्गद्धारीका दस विद्यालयको पोषण अनुगमन

Logo
प्रकाशित शुक्रबार, जेठ ०४, २०७५

सि पी पौडेल, जेठ ४ स्वगद्वारि
पोषण सप्ताहको तेस्रो दिन बिहिवार स्वर्गद्वारि नगरपालिकाका विभिन्न दस विद्यालयको पोषण अनुगमन गरिएको छ। बालवालिकाको स्वास्थ्य शिक्षा , स्वास्थ जीवनशैलि र सरसफाइको क्षेत्रमा आमूल परिवर्तन गर्न उक्त कार्यक्रम सम्पन्न गरिएको हो। अनुगमनको क्रममा जुकाको औषधि,आईरन चक्की नियमित खाए नखाएको , स्वच्छ खानेपानी,सफा शौचालय र बाल मैत्री कक्षा भय नभयको विषयमा अनुगमन गरिएको हो। गत जेठ १ देखि संचालित पोषण सप्ताह नेपाल सरकारको लगानी , कलिकबिकास केन्द्र नेपाल , सभे द चिल्ड्रेन , जिल्ला जनस्वास्थ्य कार्यालय र विभिन्न स्थानिय निकायको सहकार्यमा संचालित रहेको छ ।
जस अन्तर्गत जेठ १ र २ गते स्वास्थ र Bmi परिक्षण ३ र ४ गते जुकाको औषधि खुवाउने , ६ गते विद्यालयको सरसफाइ र हातधुन सिकाउने ,७ गते र्यालि र ८ गते अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरिजवाफ र निबन्ध प्रतियोगिता सन्चालन्मा रहेका छन । अनुगमनमा बोल्दै श्रोतव्यक्ती तथा स्वर्गद्वारि नगरपालिका नगर शिक्षासाखा संयोजक बल बहादुर रोकायले सप्ताह एक हप्तासम्म चलेपनी यसले राम्रो संदेश दिएर बर्षभरि सरसफाइ र पोषणको क्षेत्रमा राम्रो परिबर्तन ल्याउने बिस्वास व्यक्त गर्नु भयो । यस्तै कार्यक्रमकै क्रममा बोल्दै कलिका बिकाश केन्द्र नेपाल स्वर्गद्वारि नगरपालिका कार्यक्रम उपसंयोजक भावना बिष्टले अनुगमनकर्ताहरुलाई धन्यवाद प्रकट गर्दै बालबालिकाको स्वास्थ्यमा समस्या अाउन नदिन अविभावक तथा शिक्षक र स्वयम् बालवालिकाले विशेष ध्यान दिन आग्रह गर्नु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!