महेन्द्र सिंह बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ बाट समूह बनाइ वाटरपार्कमा पौडी खेल्न पुगेका खाँको डुबेर मृत्यु भएको हो ।
घरमा उनीहरुले माछा मार्न जाने बताएको बुझिएको छ । वडा नं. १, धम्बोझीमा रहेको वाटरपार्कमा पुगेपछि उनीहरु पौडी खेलेका थिए । पौडी खेल्ने क्रममा खाँ गहिरोमा परेको प्रहरीले बताएको छ ।
नेपालगञ्जको पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरी वाटरपार्कलाई सफाई गरिएको छ । अहिले ठेक्का गइनसकेकाले त्यहाँ जो पनि जाने सक्ने अवस्था छ । तलाउको वरिपरि भने रेलिङ लगाइएको छ ।