महेन्द्र सिंह बाँके प्रहरीले कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका जिल्ला बाँके साविक उढरापुर गा.वि.स. वडा नं. ६ हाल खजुरा गाउँपालिका वडा नं. ६ का २८ बर्षिय बब्लु वेहना भन्ने रहमत अली वेहनालाई जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय धनौली खजुराबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार उनको घरबाटै पक्राउ गरेको हो । निज बेहनाले २०७० साल असोज १ गते राती साबिकको उढरापुर गाबिस वडा नं. ९ का २० बर्षिय गोलु चमारलाई बाँसको लाठी समेतले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चमारलाई बेहना समेत ५ जनाले मिलेर हत्या गरेका थिए । उक्त घटनामा संलग्न साविक उढरापुर गाबिस ९ वस्ने बिधिया यादवलाई प्रहरीले तत्काल पक्राउ गरी हाल कारागारमा रहेको जनाएको छ । त्यसैगरी, सोही ठेगाना भएका राजेश पासी घटना पश्चात् पक्राउ परेका थिए । उनी हाल पुर्पक्षकालागि कारागार थुनामा रहेका छन । घटनामा संलग्न सोही ठेगानाका नुर हासन खाँ र पेलरु वेहना अझै फरार रहेको प्रहरीले जनाएको छ ।