सागर थापा कपिलवस्तु बिगतका दिनहरु भन्दा पनि अहिलेका केही वर्षका जस्तो पुरातनवादी र भ्रमित नजरले अब बन व्यवस्थापनलाई मूल्यांकन नगर्न जिल्ला बन कार्यालय कपिलवस्तु चन्द्रौटाका डिभिजनल बन अधिकृत दुर्गा बहादुर कार्कीको अनुरोध ।त्यति बेलाकाे तुलनामा हालका वर्षहरुमा बनमा हुने अनाधिकृत चाेरि पैठारीमा निकै राेकथाम भएकै हुनाले तराई पहाड देशैभर जताततै बनक्षेत्र बढेर हराभरा मात्रै भएको छैन, बन क्षेत्रहरुबाट देशको राजश्वमा उल्लेख्य बृध्दि भएकोमा पनि बन अधिकृत कार्कीले खुशी हुन आम उपभोक्ताहरुलाई आग्रह गरेका छन् । काेभिड १९ काे महामारीको बेलामा पनि दिनरात नभनेर बनका कर्मचारीहरुलाई त कोरोना लाग्दैन,भन्ने महान बिचार र अदम्य साहस बोकेर अहोरात्र बनको सुरक्षामा खटिएका बनकर्मिहरुलाई सोही प्रकारको उच्च सम्मानको दृष्टिकोणले हेरिदिन एबिसी संचार मार्फत अाम नागरिकहरु सबैमा विनम्र अनुरोध समेत गरेका छन।