३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

कपिलवस्तुमा स्थानीय पर्व तीन-छठ्ठी मनाईदै

Logo
प्रकाशित आइतबार, साउन २५, २०७७

कपिलवस्तु ,साउन २५
पश्चिम तराई काे मधेशी समुदाय का आमाहरु ले आफ्नो छोरा सु-स्वस्थ, दीर्घायु हुनाको लागी आज एक दिने बिशेष पुजा-पाठ गर्ने गरिन्छ । जुन यहा आमा हरु ले परापुर्ब काल देखी परम्परागत रुपमा मनाऊदै आईरहेकी छिन। यो पर्व प्रत्येक बर्ष को भाद्र कृष्णपक्ष ललही छठ को तिथी मा मनाइने गरिन्छ ।
यस पर्वमा घासे कुश,महुवा र तिन्नी नाम गरेको चामल को पुजा पाठ गरी आफ्ना छोराहरु लाई टिका टाला गर्नेगरिन्छ। ब्रत बस्ने आमाहरु बिहान देखी गौधुली साझ सम्म निराजल रही साझ हुनु भन्दा अगावै तिन्नी चामल को भात पकाई साग र दही संग खाने गर्छिन। तीन छठ्ठी का ब्रत वस्ने ब्रतालुहरु जोतेको खेतमा न जाने र जोते का खेत बाट उत्पन्न भएका कुनै पनि फल र अन्न खान न हुने विश्वास रहेको छ ।
धेरै जसो घरका आईमाईहरु घर भन्दा बहिर कहिले न जोते को खेतमा गई कुशे घास को पुजा गरी त्यही एक जुट भई केही समय सम्म बसी सबैले पालै पालो आमा र छोरा को कथा-कहानी भन्ने गर्दछिन,भने कतिपय महिला हरु आफ्नै घरमा कुश र महुवा ल्याई घरै बसी पुजा पाठ गरेको पाइन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज शुक्रबार बाँकेमा हर्षोल्लासपूर्वक होली मनाएर सकियोको छ । ठाउँ ठाउँमा होलीका पसल र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । नेपालगन्जस्थित त्रिभुवन चोक, सदरलाइन, बीपी चोकमा, धम्बोजी चोकमा होली मिलन कार्यक्रम राखिएको छ । विशेषगरी तराई अवधका जिल्लामा रमाइलो गरी होली मनाउन बालबालिकादेखि बूढापाका होलीको रंगमा झुमेका छन् ।अवधी साहित्यकार विष्णुलाल कुमालले भने, ‘अहिले […]

मोरङ । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । प्रहरी नियन्त्रणमा रहेकामा विराटनगर महानगरपालिका–१० बस्ने २८ वर्षीय स्ववियु सभापति जसवन्त पौडेल, विराटनगर […]

मोरङमा जङ्गली हात्तीको आक्रमणबाट १६ जनाको हालसम्म मृत्यु मोरङ । लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो । ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको निधन भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । बेलबारी–११ स्थित […]

error: Content is protected !!