२७ फाल्गुण २०८१, मंगलबार
11-03-2025 , Tue
×

नागरिक र प्रहरी बीचको सम्बन्ध प्रगाढ बनाउछु बाँके एसपी: राना

Logo
प्रकाशित शनिबार, आषाढ १३, २०७७

सागर थापा/महेन्द्र सिंह जिल्ला प्रहरी कार्यालय बाँकेमा भर्खर सरुवा भई आएका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउनका लागि नागरिक र प्रहरीको समन्वयात्मक भुमिका आवश्यक पर्ने बताएका छन् ।
बाँके प्रहरी प्रमुख एसपी रानाले जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा एबिसी संचार खबर 24 नेपाल लगाएत मिडियाहरु सङ कुराकानी गर्दै शान्ति सुरक्षा, अपराध नियन्त्रण लगायतका हिंशात्मक गतिविधिमा जनताले शान्ति सुरक्षाको अनुभुति हुने गरि काम गर्ने वताए ।
जिल्लामा हुने सबैखाले सुरक्षा चुनौतीको समाधानका लागि सबैको सकरात्मक सहयोग हुनुपर्ने बताउदै, जिल्लाका सबै खाले समस्या समाधान लगायत प्रहरी निकायबाट हुने कमीकमजोरीमा समेत आफु जिम्मेवारी पुर्बक भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बाँके जिल्लाको विगतको अपराधिक तथ्याङ्क हेर्दा एकातिर बलात्कार, ज्यान, लागूऔषध चोरी घरेलु हिंसा जस्ता परम्परागत अपराधहरूको चुनौतीहरु विद्यमान रहेको वताउदै प्रहरी प्रमुख एसपी रानाले त्यसको न्यूनिकरणको लागि नागरीकका सचेतनाको आवश्यकता देखिएको बताएका छन् । प्रहरीले काम गर्ने क्रममा केही कमीकमजोरी हुन सक्छ, उनले भने, ‘प्रहरी गलत दिशामा लाग्न खोज्यो भने खवरदारी गर्ने काम संचारमाध्यमको हुनुपर्दछ ।’
प्रहरी प्रशासनको एक्लो प्रयासले मात्र अपराध क्रियाकलापहरु रोक्न नसकिने बताउदै त्यसका लागि समुदायको सहयोग पनि अपरिहार्य हुने कुरामा जोड दिए। जनताको काम छिटो र छरितो गर्ने मातहतका सबै युनिटलाई निर्देशन गरेको जानकारी दिंदै कुनै पनि बहनामा सेवाग्राहीको कामकाज रोकिन नदिने बाँकेमा गुन्डागर्दी, तस्करी, लागूऔषध, नदिजन्य,लगाएत सबैको लिस्ट तयार पार्दै कुनैपनि घटना भए 9858055555 मा फोन गर्न बाँके प्रहरी प्रमुख एसपी रानाले आग्रह समेत गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । पुर्वी रुकुम लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका कार्यालय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी दान बहादुर कार्कीद्वारा जिल्ला प्रहरी कार्यालय पुर्वी रुकुमको कार्यालय अन्तर्गत सम्पुर्ण शाखा तथा कार्यालय परिसरको निरीक्षण गर्नुका साथै प्रहरीको व्यवसायिकता, प्रहरीले जनतासँग गर्नुपर्ने व्यबहार, प्रहरी प्रतिबद्धता, अन्तर प्रहरी इकाई प्रतियोगिता-२०८१ लगायतका बिषयमा यस कार्यालय तथा मातहत समेतमा कार्यरत […]

दाङ । भालुवङ ईलाका प्रहरी कार्यालय भालुवाङ दाङको आयोजनामा राप्ती सव-डिभिजन वन कार्यालय मसुरिया दाङका कार्यालय प्रमुख राप्ती गाउँपालिका अन्तरगत रहेका बिभिन्न सामुदादिक वन उपभोक्ता समितिका अध्यक्ष तथा प्रतिनिधिज्यूहरु नेपाल सशस्त्र प्रहरी बल,नेपाल रेडक्रस सोसाईटी लालमटिया उप-शाखा प्रतिनिधि समेतकोसहभागितामा सुख्खा याममा हुने बन डढेलोबाट हुने जनधनको क्षेती नियन्त्रण तथा न्यूनिकरण सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको […]

सर्वोच्च अदालतद्वारा नेपाल प्रहरी स्टाफ कलेज रोक्न अन्तरिम आदेश अस्वीकार सर्वोच्च अदालतद्वारा नेपाल प्रहरी स्टाफ कलेज रोक्न अन्तरिम आदेश अस्वीकार काठमाडौं । नेपाल प्रहरीमा लागू गर्न लागिएको स्टाफ कलेज कोर्स रोक्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले अन्तरिम आदेश नदिई दुवै पक्षलाई छलफलका लागि बोलाउने […]

error: Content is protected !!