०४ चैत्र २०८१, मंगलबार
18-03-2025 , Tue
×

सामाजिक संजालमा चिट्ठा परेको भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

एबिसी संचार
काठमाडौं भाइबर, ह्वाट्स एप, ईमो आदि सामाजिक संजाल प्रयोग गरी करोडौं रकम ठगी गरेको अभियोगमा ७ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-२१ कोहिटी बस्ने झापाभद्रपुर नगरपालिका घर भएका २४ वर्षीय पुकार बर्मा, काठमाडौं टेकु बस्ने काभ्रे घर भएका २२ वर्षीय नविन भण्डारी, काठमाडौं टंकेश्वर बस्ने भारत घर भएका २२ वर्षीय एमडी सर्फराज,काठमाडौं छाउनी बस्ने रौतहट गौर नगरपालिका-१ घर भएका १९ वर्षीय आकाश अग्रवाल,काठमाडौं छाउनी बस्ने रौतहटका १८ वर्षीय एक किशोर, पर्सा वीरगंज महानगरपालिका-२९ घर भएका ३० वर्षीय कृष्ण प्रसाद साह र सोही महानगरपालिका-३२ बस्ने २० वर्षीय सुनिल साह रहेका छन् ।
सामाजिक संजालको दुरूपयोग गरी अनलाईनको माध्यमबाट ४० लाख रुपैयाँ लट्री परेको छ भनि प्रलोभन पारी करोडौं रकम ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट नगद सहित पक्राउ गरेको हो ।
साथै उनीहरुले नेपाल सरकारका उच्च पदस्त अधिकृत लगायत सर्वसाधारण व्यक्तिहरूबाट रकम ठगी गरेको, पीडित व्यक्ति आफू ठगिएको थाहा पाए पश्चात मानसिक रूपमा विच्छिप्त हुने गरेको, पीडित व्यक्तिले लट्री प्राप्त गर्ने आशामा आफ्नो घरजग्गा समेत धितो राखि घरबार विहिन भएको, ठगी गर्ने कार्यमा भारतीय गिरोह समेतको संलग्नता रहेको र करोड भन्दा बढि रकम लिईसकेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरुलाई आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक भव्य समारोहमाबीच नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले विशेष सम्मानसहित कुँवरलाई बिदाई गरेका हुन् । उनले कुँवरलाई मायाको चिनो दिएर बिदाई गरे । कुँवरको बिदाई कार्यक्रममा नवनियुक्त आईजीपी थापाका प्रतिस्पर्धीद्वय सुदीप गिरी र टेक बहादुर तामाङ पनि सहभागी थिए । तीन दशकभन्दा बढी सेवा पुर्‍याएका कुँवर सेवा […]

  काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी दीपक थापा नेपाल प्रहरीको ३१ औं आईजीपीमा नियक्त भएका हुन् । एआईजीहरू सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापा नेपाल प्रहरी प्रमुख बनेका हुन् । विद्यमान प्रहरी ऐन कायम रहेमा थापाको कार्यकाल करिब ६ महिनाको हुनेछ । सेवा प्रवेश गरेदेखि एआईजी हुँदासम्म थापाले २० भन्दा बढी युनिटको […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतको बिदाई कार्यक्रम सम्पन्न भएको छ । मिति २०५१ चैत्त ०५ गते सेवा प्रवेश गरी प्रहरी नियमावली २०७१ बमोजिम ३० वर्षिय सेवा हदको कारण मिति २०८१।१२/०५ गते अनिवार्य अवकाश भई जान लाग्नुभएका […]

error: Content is protected !!