२९ फाल्गुण २०८१, बिहिबार
13-03-2025 , Thu
×

भारतबाट २ हजार ३१५ जना नेपालीहरु नेपाल भित्रिए

Logo
प्रकाशित सोमबार, आषाढ ०१, २०७७

एबिसी संचार
लम्की सुदूरपश्चिमका मुख्य दुई नाकाबाट आइतबार दुई हजार ३१५ नेपाली नेपाल भित्रिएका छन् भने ५४८ भारतीय नागरिक भारत फर्केका छन् । रोजगारीका लागि भारत तथा नेपालमा रहेका उनीहरू लामो लकडाउनले खान र बस्न समस्या भई अलपत्र परेपछि आआफ्ना देश आउने जाने गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार साँझसम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट ४८१ नेपाली भित्रिएका छन् भने २७४ जना भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् । शनिबारको तुलनामा भारतीय नागरिक बाहिरिने सङ्ख्या बढेको छ भने नेपाली आउने क्रम पनि बढेको छ ।
त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट भित्रिने नेपालीको सङ्ख्या शनिबारको तुलनामा बढेको छ । जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब निरीक्षक प्रतीक विष्टका अनुसार गौरीफन्टा नाकाबाट शनिबार एक हजार ३५४ नेपाली भित्रिएकोमा आइतबार एक हजार ८३४ जना भित्रिएका छन् ।
उक्त नाकाबाट २७४ भारतीय नागरिक बाहिरिएका छन् । शनिबार ५८० जना भारतीय नागरिक आफ्नो देश फिर्ता भएका थिए । योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गतेयता नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख १२ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या १६ हजार बढी पुगेको छ ।
नेपाल भित्रिएका नेपाली नागरिकलाई विभिन्न जिल्लाका स्थानीय तहले सवारी साधनको व्यवस्था गरी उद्धार गरेका छन् । भारतबाट दैनिक नेपाली भित्रिएसँगै स्थानीय तहका क्वारेनटाइनसमेत भरिभराउ भएका छन् । उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा बसेर परीक्षणपछि मात्र घर जान पाउने व्यवस्था गरिएकोछ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ । […]

  काठमाडौं । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईं तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ । फागुपूर्णिमाको अवसरमा हिमालदेखि […]

काठमाडौं । अवकाश पाएको दुई महिनामै पूर्व एआईजी भरतबहादुर बोहरा सरकारबाट नयाँ जिम्मेवारीमा नियुक्त भएका छन्। उनलाई सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको सदस्य बनाएको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा आयोग गठन गरेको हो। आयोगमा बोहरा सहित बद्रीप्रसाद भट्टराई सदस्यको रूपमा नियुक्त भएका छन्। बोहरा कांग्रेस सभापति शेरबहादुर देउवाका पूर्व पीएसओ हुन्। कांग्रेस […]

error: Content is protected !!