३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

लकडाउन अबधि भरी लिएको सवारी पास सबै रद्ध सिडियो रिजाल

Logo
प्रकाशित शनिबार, जेठ ०३, २०७७

(सागर थापा)
दाङमा जिल्ला प्रशासन कार्यालयले जारी गरेका सवारी पास ३ गतेबाट सबै रद्ध भएको छ । कोरोना संक्रमण फैलिदै गएपछि गृहमन्त्रालयले प्रशासनबाट जारी भएका सवारी पास र अन्तर जिल्ला प्रबेशको पासहरु रद्ध गर्ने निर्णय लिए पछि शनिबार देखी ति पासहरु रद्ध भएका हुन् ।
जिल्ला प्रशासन कार्यालयबाट लकडाउन अबधीभर भनि लिईएका जुनसुकै सवारी पास शुक्रबार देखी रद्ध भएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिनुभएको छ ।
आन्तरीक आवागमन र अन्तर जिल्ला प्रबेशमा प्रशासनले दिएको सवारी साधन सञ्चालन अनुमती पास रद्ध भएको उहाँको भनाई छ । तर अत्याबस्यक कामका लागि भने प्रशासनले पासको व्यवस्था गर्ने छ ।
प्रशासनले सकभर लकडाउनको अबस्थालाई आफु सुरक्षित हुने ढंगले बुझ्न अपिल समेत गरेको छ । पछिल्लो समय लकडाउन केही खुकुलो बन्दै गएपछि सवारीका साधनको चाप बढेको थियो ।
तर दाङमा पनि कोरोना संक्रमित देखिए पछि स्थानिय प्रहरी प्रशासन र स्थानिय तहहरुले लकडाउने पालना गर्न तर्फ सबै नागरिकहरुलाई अपिल गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज शुक्रबार बाँकेमा हर्षोल्लासपूर्वक होली मनाएर सकियोको छ । ठाउँ ठाउँमा होलीका पसल र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । नेपालगन्जस्थित त्रिभुवन चोक, सदरलाइन, बीपी चोकमा, धम्बोजी चोकमा होली मिलन कार्यक्रम राखिएको छ । विशेषगरी तराई अवधका जिल्लामा रमाइलो गरी होली मनाउन बालबालिकादेखि बूढापाका होलीको रंगमा झुमेका छन् ।अवधी साहित्यकार विष्णुलाल कुमालले भने, ‘अहिले […]

मोरङ । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । प्रहरी नियन्त्रणमा रहेकामा विराटनगर महानगरपालिका–१० बस्ने २८ वर्षीय स्ववियु सभापति जसवन्त पौडेल, विराटनगर […]

मोरङमा जङ्गली हात्तीको आक्रमणबाट १६ जनाको हालसम्म मृत्यु मोरङ । लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो । ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उनको निधन भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । बेलबारी–११ स्थित […]

error: Content is protected !!