२९ पुष २०८१, सोमबार
13-01-2025 , Mon
×

सुनसरीमा लकडाउन उल्लङ्घन गर्नेहरु ७५ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, जेठ ०२, २०७७

(एबिसी संचार)
जिल्ला प्रहरी कार्यालय सुनसरीले लकडाउन उल्लङ्घन गर्ने ७५ जनालाई नियन्त्रणमा लिएको छ ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका लागि गरिएको लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।
नियन्त्रणमा लिइएकालाई सामाजिक दूरी, कोरोनाबाट बच्ने उपायलगायत विषयमा प्रशिक्षण दिएर छाडिएको प्रहरीले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जिल्ला अदालतमा आज (सोमबार) पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएन । बहस नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतमा आज पीडित र सरकारी वकिलको बहस सकिएको छ । अब पर्सी मात्रै बहस हुने भएको छ । भोलि मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदा भएकाले पर्सि मात्र बहस […]

दाङ । घोराही उपमहानगरपालिका १३ मा रहेको बाह्रकुने दहमा प्रत्येक बर्ष लाग्ने मेलालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दाङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले विशेष सुरक्षा योजना अघि सारेको छ । मेलामा हुन सक्ने सम्भाबित घटना रोक्नको लागि विशेष सुरक्षा योजना अघि सारिएको दाङ जिल्ला प्रहरी दाङका प्रबक्ता एवं डिएसपी ईश्वर थापाको कमान्डमा जिल्लाभर […]

  काठमाडौं । प्रहरीका अनुसार खातुनले २०७७ साल जेठ ८ गते आफ्नै छोरा मो. इन्ताज चुडिहारकी २२ वर्षीय श्रीमती निसनारा खातुनलाई हत्या गरेकी थिइन् । प्रहरीले उपलब्ध गराएको घटनाको विवरण अनुसार, पारिवारिक विवादकै कारण सायरा खातुनले निसनारा खातुनलाई कुटपिट गर्दै मुखमा कपडा कोचेर हत्या गरेकी थिइन् । घटनापश्चात् उनी फरार भएकाले प्रहरीको लागि खोजीको विषय […]

error: Content is protected !!