२९ फाल्गुण २०८१, बिहिबार
13-03-2025 , Thu
×

उपचारमा खटिएकी नर्समा पनि भेटियो कोरोना संक्रमण

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

काठमाडौँ नेपालमा कोरोनाको उपचारमा खटिएकी नर्समा पनि (कोभिड–१९) संक्रमण भएको खुलेको छ। वीरगञ्जस्थित कोरोना भाइरसको उपचारमा संलग्न नर्सलाई नै संक्रमण भएको पाइएको हो। बुधबार साँझ पर्साका तीन जना संक्रमित भेटिएका मध्ये एक जना नर्स हुन्। अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत ३६ वर्षीया महिला ती नर्स पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न थिइन्। यसअघि कपिलवस्तु र भक्तपुरमा गरी दुई नर्समा कोरोना संक्रमण पुष्टि भइसकेको छ। यो सँगै नेपालमा कोरोना संक्रमित नर्सको संख्या ३ पुगेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ । […]

  काठमाडौं । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईं तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ । फागुपूर्णिमाको अवसरमा हिमालदेखि […]

काठमाडौं । अवकाश पाएको दुई महिनामै पूर्व एआईजी भरतबहादुर बोहरा सरकारबाट नयाँ जिम्मेवारीमा नियुक्त भएका छन्। उनलाई सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको सदस्य बनाएको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा आयोग गठन गरेको हो। आयोगमा बोहरा सहित बद्रीप्रसाद भट्टराई सदस्यको रूपमा नियुक्त भएका छन्। बोहरा कांग्रेस सभापति शेरबहादुर देउवाका पूर्व पीएसओ हुन्। कांग्रेस […]

error: Content is protected !!