०६ पुष २०८१, शनिबार
21-12-2024 , Sat
×

कोहलपुरमा सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना ५ जना घाइते

Logo
प्रकाशित बिहिबार, जेठ ०१, २०७७

(महेन्द्र सिंह)
बाँकेको कोहलपुरबाट सुत्केरी बोकेर राप्तीसोनारी गाउँपालिका तर्फ जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । एम्बुलेन्समा बुधबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट ४ दिने सुत्केरी बोकेर राप्तीसोनारीतर्फ जाँदै गरेको थियो ।
एम्बुलेन्समा ४ दिने सुत्केरी, बच्चा र अन्य ४ जना बोकेको एम्बुलेन्स कोहलपुर नगरपालिका १२ रोहीणी खोलाको पुलबाट तल खसेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनामा बच्चा र आमालाई कुनै चोट नलागेपनि अन्य ४ जना घाईते भएका छन ।
घाईते हुनेहरुमा सुत्केरी महिलाका श्रीमान राप्तीसोनारी गाँउपालिका १ का बिनोद परियार, सासु सिता दमाई, एम्बुलेन्स चालक राप्तीसोनारी गाँउपालिका वडा नं. ४ का गोपाल बुढा र सोही ठाउँका मिनराज खड्का रहेका छन ।
घाइते मध्ये सिता दमाईको टाउको र खुट्टामा चोट लागेको भएपनि अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईते सबैको शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको कोहलपुर प्रहरी प्रमुख डिएसपी कुल दिप चंन्दले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाजुरा । भूकम्पबाट बुढीनन्दा नगरपालिका ४ र स्वामीकार्तिक खापर गाउँपालिकामा बढी क्षति भएको छ। यस्तै त्यहाँ रहेको एक विद्यालयमा पनि क्षति पुगेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । भूकम्पले क्षति पुगेका घरका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रूपक मण्डलले प्रशासनलाई जानकारी दिए । उनका अनुसार मानवीय क्षति […]

  बाँके । नेपालगन्जमा अायाेजित राष्ट्रिय दलित पत्रकार संघ,नेपाल लुम्बिनी प्रदेशकाे दाेस्राे अधिवेशनबाट कपिलवस्तु सहित प्युठान र रुपन्देही शाखालाई प्रदेश उत्कृष्ट शाखाकाे रुपमा सम्मानित गरिएको हाे । प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशकाआन्तरिक मामिला तथा कानूनमन्त्री अदेश कुमार अग्रवाल, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनाेद पहाडी, लुम्बिनी प्रदेश सभा सदस्य सुशीला नेपालीले उत्कृष्ट छनाैट […]

  बारा । जितपुर सिमरा उपमहानगरपालिका ११ स्थित सडक किनारमा कारमै मृत्त फेला परेका व्यक्ति प्रहरी कार्यालयका सहयोगी भएको खुलेको छ । सिमरा विमानस्थलस्थित प्रहरी युनिटमा कार्यरत कार्यालय सहयोगी राजकुमार रूम्बा शनिबार मृत भेटिएका हुन् । जितपुरसिमरा उपमहानगरपालिका–११ स्थित सडक किनारमा वाग्मती प्रदेश ०१–०२८ च ७६१६ नम्बरको कारमा उनी टाउकोमा चोट लागेको अवस्थामा मृत फेला […]

error: Content is protected !!