(एबिसी क्राईम ब्युरो)
सर्लाहीको मलंगवा नगरपालिका ९ स्थित सीमा ईलाकाबाट आइतबार एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ३ बस्ने १९ वर्षिय अर्जुन यादव छन् ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मलंगवाबाट खटिएको एपीएफ टोलीले निज यादवलाई शंका लागि जाँच गर्दा उनको साथमा वालरेक्स २५ बोतल र नाईट्राभेट ट्याब्लेट ७५ वटा फेला परेपछि पक्राउ गरिएको हो ।