०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

राहतको विषयमा झडप प्रहरीद्वारा ९ राउन्ड हवाई फायर

Logo
प्रकाशित मंगलबार, बैशाख २३, २०७७

सिराहामा राहतको विषयमा झडप, प्रहरीद्वारा ९ राउन्ड हवाई फायर
काठमाडौं । राहत वितरणका क्रममा सिराहाको मिर्चैयामा विवाद उत्पन्न भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ । स्थानीय र प्रहरीबीच विवाद भएपछि ९ राउन्ड हवाई फायर गरिएको हो ।
झडपमा ५ प्रहरी र केही स्थानीय सामान्य घाइते भएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिहंले बाह्रखरीलाई जानकारी दिए । विपन्नलाई राहत वितरणको क्रममा केही व्यक्तिले बिथोल्न खोजेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । रिक्सामा ढुवानी गरेको पानीबाट गुजारा चलाउँदै आएका बनकसबासा स्थानीय गाउँलेहरु । पूर्वपश्चिम राजमार्ग छेउमा रहेको बनकसबासामा अहिले पनि पिउने पानीको अभाव नै देखिन्छ । घरमा भएभरका भाँडाकुँडा लिएर गाउँलेहरु सडक छेउमा रहेकोे पानीको धारामा पालो कुरेर पिउने पानी भर्छन् । अनि जसको रिक्सा छ, उसले रिक्सामा पानीले भरिएका भाँडाहरु हालेर घरमा ल्याउँछन् । […]

  काठमाडौं । नेपाल प्रहरीमा ३ नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी रिक्त छ। अहिलेसम्म उमेर हदले अवकाशमा गएका र केही डीआईजीको बढुवा भएपछि ३ पद रिक्त भएको हो। हालैमात्र डीआईजी अर्जुन चन्द ठकुरी अवकाशप्राप्त बनेका थिए भने डीआईजीद्वय दुर्गा सिंह चन्द र भरतबहादुर बोहरा अतिरिक्त महानिरीक्षकमा बढुवा भएका थिए। अब उनीहरुको स्थानमा पनि बढुवा गर्ने […]

  कास्की । सहकारी ठगी अपचलन प्रकरणमा कास्की जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा रवि लामिछानेविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो। यस अघि शुक्रबार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका १९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीबाहेक १९ जनाविरुद्ध […]

error: Content is protected !!