३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

लकडाउन तत्काल नहटाउन डब्ल्यूएचओ आग्रह हटाए आगो जसरी फ़ैलिने सक्ने चेतावनी

Logo
प्रकाशित सोमबार, बैशाख २२, २०७७

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोना भाइरसविरुद्ध जारी सघर्षमा सन्तुष्ट हुने अवस्था नभएको भन्दै कोभिड-१९ लामो समयसम्म रहने बताएका छन्।
महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अफ्रिका, पूर्वी युरोप, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड(१९ बढ्ने क्रममा रहेको भन्दै चेतावनी दिएका छन्। उनले लकडाउनजस्ता उपाय हटाइँदा सङ्क्रमणको आगो पुन: सल्किने बताए।
विश्वव्यापी महामारी नियन्त्रण गर्न डब्ल्यूएचओले गरेको कामको उनले प्रतिरक्षा पनि गरे। उनले आफ्नो नेतृत्वमा रहेको उक्त राष्ट्रसङ्घीय निकायले कोभिड-१९ बारे विश्वलाई समयमै सचेत गराएको बताए।
‘पछाडि फर्केर हेर्दा मलाई लाग्छ हामीले उचित समयमै सङ्कट घोषणा र्गयौँ जतिखेर त्यसबारे काम गर्न विश्वसामु पर्याप्त समय थियो,’ जिनिभामा आयोजित पत्रकार सम्मेलनमा उनले भने।
डब्ल्यूएचओले ज्यानुअरी ३० मा कोभिड-१९ लाई अन्तर्रा्ष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य सङ्कट घोषणा गरेको थियो। मार्च ११ मा भने उक्त निकायले यस रोगले महामारीको रूप लिएको जनाएको थियो।
महामारीसँग सम्बन्धित विवरण सङ्कलन गरिरहेको जोन्स हप्किन्स यूनिभर्सिटीका अनुसार विश्वभरि अहिले २६ लाखभन्दा धेरैमा यस भाइरसको सङ्क्रमण फैलिएको छ र एक लाख ८३ हजार भन्दा धेरैले ज्यान गुमाएका छन्।
पश्चिम युरोपका धेरैजसो ठाउँमा सङ्क्रमण स्थिर हुन वा घट्न लागेको देखिएको भए पनि केही देशमा यो बल्ल सुरु हुने अवस्थामा रहेको उनको भनाइ थियो।
‘केही गल्ती नगरौँ हामीले अगाडिको धेरै लामो बाटो तय गर्नुछ। भाइरस हामीहरूसँग लामो समयसम्म रहनेछ।’ भाइरसलाई निकै खतरनाक बताउँदै उनले भने, ‘प्रारम्भिक प्रमाणले विश्वका अधिकांश जनसङ्ख्या यसको जोखिममा रहेको सङ्केत गर्छ।’
त्यसको अर्थ यो महामारी सजिलै बिउँतिन सक्छ। अहिले हामीले हाम्रो कामबाट सन्तोष मान्यौँ भने त्यो सबैभन्दा ठूलो खतरा हुनेछ। डब्ल्यूएचओको कामको थुप्रै देशहरूले प्रशंसा गरेपनि डा. टेड्रोसको राजीनामा समेत माग्दै कतिपय अमेरिकी नेताहरूले उनको आलोचना गरेका थिए।
राजीनामा मागिएको विषयमा प्रश्न सोधिँदा उनले मानिसहरूको जीवनरक्षाका लागि आफू रातदिन काम गर्ने बताए।
गत साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका थिए।
ट्रम्पले कोरोनाभाइरस संक्रमण फैलिरहेको सन्दर्भमा न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको आरोप लगाएका थिए।मङ्गलवार पुनस् अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चीन र डब्ल्यूएचओमाथि आलोचना दोर्होयाएका छन्।
विदेशमन्त्री पोम्पेओले पत्रकारहरूलाई भनेका थिए, ‘चिनियाँ कम्युनिस्ट पार्टीले नयाँ कोरोनाभाइरसको प्रकोपलाई समयमै सही ढङ्गले डब्ल्यूएचओलाई जानकारी दिएन भन्ने कुरामा हामी स्पष्ट रूपमा विश्वास गर्छौँ। कालापानी पोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ राप्ती गाउँपालिकाको समग्र शान्ति सुरक्षा,लागुऔषध नियन्त्रमा, सरसफाई ,बिपद व्यवस्थापन,राजश्व बृद्बि एवं अपराधिक क्रियाकलापहरुलाई न्यूनिकरण गरी समाज सुधारका निमित्त यस कार्यालयबाट निरन्तर प्रतिबद्ध रही, सक्रिय भूमिका निर्वाह गर्दै राप्ती गाउँपालिकाको समृद्बिमा उल्लेखनीय योगदान पुर्‍याएकोमा गाउँपालिकाको नबौँ स्थापना दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीलाई प्रशंसा-पत्र प्रदान सहित सम्मान […]

काठमाडौं । नेपाल प्रहरीका आईजिपी वसन्तबहादुर कुँवर आगामी चैत ५ गते अवकाशमा जाँदैछन्। उनीसँगै पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई, दुर्गा सिंह, कुवेर कडायत, बुद्धिराज गुरुङ र जनक भट्टराई पनि सेवा निवृत्त हुँदैछन्। कुँवरसहित अवकाशमा जाने अधिकृतहरू २०५१ साल चैत ५ गते नेपाल प्रहरीमा प्रवेश गरेका थिए। बाँकी रहने तीन जना एआईजी दीपक […]

  काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले यतिबेला काठमाडौँ उपत्यकासहित बागमती र गण्डकी प्रदेशका जिल्लामा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको जनाएको छ । महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार विगत तीन घण्टादेखि बागमती र गण्डकी प्रदेशका केही जिल्लाहरूमा वर्षा भइरहेको जानकारी दिइन् ।

error: Content is protected !!