२८ पुष २०८१, आइतबार
12-01-2025 , Sun
×

मृगको मासु र भरुवा बन्दुकसहित दुईजना पक्राउ

Logo
प्रकाशित आइतबार, बैशाख १४, २०७७

सिन्धुपाल्चोकमा त्रिपुरासुन्दरी गाउँपालिकाका दुई जनालाई प्रहरीले मृगको मासुसहित पक्राउ गरेको छ । शनिबार समातिएका सोही पालिका वडा नं २ का उनीहरुलाई बाह्रबिसे इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा ३९ वर्षीय हीराबहादुर गुरुङ र ३४ वर्षीय टपीन्द्रबहादुर गुरुङलाई घरेलु हतियारसहित पक्राउ गरिएको थियो । जङ्गली जनावर मारेको भनी जानकारी प्राप्त हुनासाथ सो इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट गएको प्रहरी टोलीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जनाकारी दिनुभयो । उहाँका अनुसार खानतलासी गर्दा टपीन्द्रको भान्साघरमा मृगको मासु पेरुङ्गो र बाटामा राखिएको अवस्थामा फेला पारिएको हो । त्यसैगरी गुरुङको घरको पूजाघरमा दुई नाल भरुवा बन्दुकसमेत फेला परेको प्रहरीले जनाएको छ । समारिएका उनीहरुलाई रीतपूर्वक पक्राउ गरी आवश्यक अनुसन्धानका लागि इप्रका बाह्रबिसेको हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब निरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बर्दिया । बकुवा सामुदायिक वनछेउमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ सुन्दरपुर गाउँकी ४० वर्षीया पदमकला थापाको ज्यान गएको हो । खुला ठाउँमा बाघले थापालाई आक्रमण गरेर जङ्गलभित्र पुर्‍याएको थियो । स्थानीयवासी, प्रहरी, सेना र निकुञ्जको टोली पुगेपछि बाघ शवलाई छाडेर भागेको थियो । स्थानीयवासीले बाघ नियन्त्रण र क्षतिपूर्तिको माग गर्दै मृतकको […]

  काठमाडौं । जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ। आइतबार नै अदालत उपस्थित भएका उनको बयान झण्डै २ घण्टा चलेको थियो । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा अपराह्न साढे १२ बजेदेखि सुरु भएको लामिछानेको बयान साढे २ सम्म चलेको थियो ।  अदालतमा अहिले थुनछेक बहस जारी छ । […]

काठमाडौं । हिन्दु धर्मको ऐतिहासिक र आध्यात्मिक पर्व महाकुम्भ मेला भोलिदेखि भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा सुरु हुँदै छ । त्रिवेणी सङ्गमको पवित्र स्थलमा १२ वर्षमा एक पटक आयोजना हुने महाकुम्भ महोत्सवले धार्मिक आस्था, आध्यात्मिक शुद्धि, र सांस्कृतिक एकताको प्रतीकका रूपमा संसारभर ख्याति कमाएको छ । नेपालका बसोबास गर्ने लाखौँ हिन्दुहरूका लागि लागि पनि मेला […]

error: Content is protected !!