दाङ चैत्र २४ कोरोना भाइरस रोकथामका लागि दाङका चार नाकाक्षेत्रमा सशस्त्र प्रहरी बलको अस्थायी क्याम्प स्थापना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले चार नाकाक्षेत्रमा सशस्त्र प्रहरीको अस्थायी क्याम्प स्थापना गर्ने जनाएको हो ।
नेपाल भारत सिमाक्षेत्र अन्तर्गत दाङका भैसाही भौरीसाल गुरुङ र भौवानाकामा सशस्त्र प्रहरीको अस्थायी क्याम्प स्थापना गरिने जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जानकारी दिनुभएको छ ।
यसअघि तीन स्थानमा सशस्त्र बल प्रहरीको र नेपाल प्रहरीका चार वटा प्रहरी चौकी र दुई वटा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएका छन् । दाङका गढवा र राजपुरसंग जोडिएका सिमाक्षेत्रमा सशस्त्र र नेपाल प्रहरीका ९ वटा पोष्ट सञ्चालनमा रहेका छन् ।
नेपाल प्रहरीको कोइलाबास, मुसिनाका भैंसाही खांग्रामा सिमा प्रहरी चौकी छन भने डगमारा र सिरियामा अस्थायी प्रहरी पोष्ट छन् । यस्तै सशस्त्रका कोइलाबास, सुनपथ्री र खाँग्रा नाकामा स्थापना भएका छन् ।
दाङमा साना ठूला गरी २६ वटा नाका रहेका छन् । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि तीन नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ ।