२७ पुष २०८१, शनिबार
11-01-2025 , Sat
×

दुबईबाट आएका एक युवाको बुटवलको काेराेना अस्पतालमा मृत्यु

Logo
प्रकाशित आइतबार, चैत्र १६, २०७६

बुटवलमा कोरोना भाइरसको संक्रमणकाे आशंकामा रुपन्देहीकाे बुटवलस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना भएका एक व्यक्तिको मृत्यु भएको छ।
कोरोना विशेष अस्पताल स्रोतका अनुसार क्यारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षिया एक जनाको मृत्यु भएको हो । उनी १३ गते कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा भर्ना भएका थिए ।
उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको कोरोना विशेष अस्पतालले जनाएको छ । उनी चैत ८ गते वैदेशिक रोजगारीबाट नेपाल आएका थि । उनी दुबईबाट नेपाल आएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । महानगरपालिकाका वडा नम्बर ४ का पूर्ववडा अध्यक्ष मोहन बहादुर विष्ट सात करोड ८७ लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ परेका छन्।  जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई शनिबार बिहान शंखपार्कबाट पक्राउ गरेको हो। तारकेश्वर–८ का राजेन्द्र कोइरालाको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। काठमाडौंको धर्मस्थलीस्थित जग्गा बिक्रिका लागि भनेर बिष्टसहितका व्यक्तिले पाँच करोड बैना […]

  पर्सा । पटेर्वासुगौली गाउँपालिका–५ देउरियाबाट प्रहरीले ९ किलो ९ सय ग्राम लागुऔषध चरेस बरामद गरेको छ। शुक्रबार राति करिब पौने ९ बजे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको गस्ती टोलीले गहुँखेतमा फालिएको अवस्थामा उक्त लागुऔषध फेला पारेको हो। प्रहरी निरीक्षक थापाका अनुसार गस्तीका क्रममा मोटरसाइकलमा आएका एक अपरिचित व्यक्तिले गहुँखेतमा […]

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् । प्रमुख […]

error: Content is protected !!