१९ पुष २०८१, शुक्रबार
03-01-2025 , Fri
×

जनताको सुरक्षामा २० हजार सशस्त्र प्रहरी बल सडकमा

Logo
प्रकाशित शनिबार, चैत्र १५, २०७६

(सागर थापा)
काठमाडौं कोरोना भाइरसलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले आफ्ना सम्पूर्ण ड्यूटिलाई उच्च सतर्कतामा राखेर यस विरुद्धको अभियानमा सकृत रहेको छ ।
यस परिस्थितिमा द्विविधारहित ढंगले परिचालित भई स्थानिय जनतालाई प्रत्यक्ष सेवा, सुरक्षा, सहयोग तथा आपद विपद्मा परेकाहरुको उद्वारमा सकृय रहन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मातहत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
जिम्मेवारीका क्षेत्रहरुमा उत्कृष्ट कार्यसम्पादनका लागि निर्देशन एवं परिपत्रका माध्यमबाट सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई स्पष्ट निर्देशन दिईएको छ ।
यसैबीच लागूभएको ‘लक डाउन’मा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै सशस्त्र प्रहरी बलले स्थानिय स्तरमा समेत जनचेतनामा अभिबृद्वि गर्न माईकिङ लगाएत विभिन्न प्रयासहरु गरिरहेको छ ।
सशस्त्र प्रहरी बलको टोली देशका विभिन्न १६१ स्थानमा हेल्थ डेष्कमा खटिएको छ । जसमा कुल ५३० जना सशस्त्र प्रहरी कर्मचारी खटिएका छन् । स्थानीय स्तरमा उपलब्ध श्रोत साधनको उपयोग गरी मास्क उत्पादन गरी निःशुल्क वितरण, विभिन्न ठाउँहरुमा सावुन पानीको व्यवस्था, कोरोना भाईरसबाट जोगिने उपाय लेखिएका जनचेतना मूलक पर्चा पम्पलेट वितरण लगायतका कार्यहरु समेत गरिएका छन् । सीमा नाकाबाट आवतजावत नियन्त्रण, ‘लक डाउन’को वेवास्था गर्दै लापर्वाही पूर्वक सडकमा निस्केका स्थानीय व्यक्ति तथा सवारी साधन नियन्त्रण लगायतका कार्यहरुमा समेत एपीएफ टोली परिचालन गरिएको छ ।
यसैबीच शुक्रबार मोरङ जिल्लाको जोगवनी नाकाबाट १३ जनालाई स्थानीय निक्लाजुङ गाउँपालिका स्थित क्वारेन्टाईनमा पठाईएको छ भने रुपन्देहीको सुनौली बेलहीया नाकाबाट ११ जना तथा बैतडीको झुलाघाटबाट १८६ जना र दार्चुलाको पुलघाटबाट २२५ जनालाई स्थानीय क्वारेन्टाईन तथा सम्बन्धित जिल्लाहरुमा क्वारेन्टाईन तथा होम क्वारेन्टाईनमा रहने गरी पठाईएको छ । विभिन्न स्थानमा खटिएको एपीएफ टोलीले स्थानीय प्रशासन तथा प्रहरी सँग समन्वयन गरी आफ्नो दायित्व निर्वाह गरिरहेका छन् ।
एपीएफ टोली सीमा नाका सुरक्षा, क्वारेन्टाईन सुरक्षा, हेल्थ डेष्क लगायत ‘इमिडियट रेस्पोन्स टिम’, चेक पोइन्ट, पिकेट, पैदल गस्ती, मोवाईल गस्ती, ‘क्वीक रिएक्सन टिम’ लगायतका ड्यूटिहरुमा परिचालित रहेको छ । यसैगरी हरेक एपीएफ ईकाइहरुमा विपद्का बेला उद्धार कार्यका लागि एपीएफ टोली उच्च सतर्कतामा राखिएको छ । यसका लागि विभिन्न ८१ स्थानमा कुल १ हजार ६२ जना सशस्त्र प्रहरी कर्मचारी खटिएका छन् ।
देशका विभिन्न १२ स्थानमा एम्बुलेन्स तथा स्वास्थ्यकर्मीसहित एपीएफ टोली परिचालित रहेको छ । विभिन्न ५०३ सीमा नाकामा २ हजार ५ सय ४५ जना सशस्त्र प्रहरी कर्मचारी सुरक्षार्थ तैनाथ गर्नुकासाथै ७० ‘ईमिडियट रेस्पोन्स टिम’मा ६४१ जना सशस्त्र प्रहरी कर्मचारी खटिएको छ । सशस्त्र प्रहरी बलले ३८ स्थानमा रहेको ‘क्वीक रियक्सन टिम’मा ६१७ जना परिचालित गरेको छ । विभिन्न ठाउँमा ३७४ चेक प्वइन्टमा २ हजार १७ जना परिचालित गरेको सशस्त्र प्रहरी बलले ३२६ वटा मोवाईल गस्तीमा २ हजार ३ सय २१ जना तथा ४९१ पैदल गस्तीमा ३ हजार ६ सय ७१ जना परिचालित गरेको छ ।
सशस्त्र प्रहरी बलले दैनिक रुपमा १८ हजार भन्दा बढि जनशक्ति विभिन्न ड्र्यूटिमा परिचालन गरिरहेको छ । ‘लक डाउन’को बेला गर्नुपर्ने विभिन्न कार्यहरुमा एपीएफ टोलीले स्थानीय प्रशासन एवं अन्य सुरक्षा निकायसँग नियमीत रुपमा समन्वय गरी जिम्मेवारी निर्वाह गरिरहेको छ ।
सशस्त्र प्रहरी बलले कोरोना भाईरसबाट जोगिन आफ्ना सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई सचेत गराउनुकासाथै उनीहरुमार्फत उनीहरुका घर परिवार तथा छरछिमेकमा समेत सचेतना गराउने प्रयास गरेको छ । हरेक व्यारेकमा थर्मलगनबाट तापक्रम नाप्ने, सेनीटाईजरको प्रयोग गर्ने, सावुन पानीले हात धुने जस्ता कार्य गर्दै आएको तथा कुनै सशस्त्र प्रहरी कर्मचारीमा कुनै लक्षण देखिएमा तत्काल क्वारेन्टाईनमा राख्नका लागि सशस्त्र प्रहरी बलको हरेक व्यारेकमा त्यस सम्बन्धि व्यवस्था मिलाईएको छ ।
कुनै पनि सशस्त्र प्रहरी कर्मचारीमा हालसम्म कुनै लक्षण देखिएको छैन तथा सशस्त्र प्रहरी कर्मचारीहरु आफु जोगिदै हरेक ड्यूटिमा उच्च मनोवलकासाथ कृयाशिल रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालले ठूलो संख्यामा जनशक्ति माग गरेको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय मानवस्रोत विभागले विभिन्न रिक्त पदमा पदपूर्तीका लागि सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म माग गरेको हो । जसअनुसार प्रहरी निरीक्षक ६८ जना, सहायक निरीक्षक ८३, जवान ९४१ र परिचर ८७ जना माग गरिएको छ । एपीएफले २० जना […]

काठमाडौं । नेपाल प्रहरीका पाँच जना वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त पाँच डीआईजी पदमा बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिसमा ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, र गोविन्द थपलिया परेका छन्। पहिलो नम्बरमा डीआईजीमा सिफारिस भएका कार्की प्रहरी प्रधान […]

शुक्रबार तपाईंको राशिसल   मेष : खानपानमा ख्याल नगर्दा रोगले सताउने छ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। निजी शिक्षाको लगानीबाट मन शान्त बन्नेछ। बौद्धिक व्यक्तिको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन सामान्य छ। साथीसँग बोल्दा सचेत बन्नुपर्नेछ। सानो गल्तीले मिल्ने साथी टाढिने जोखिम छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। […]

error: Content is protected !!