३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

मुस्लमी धर्मावलम्बीलाई घरमै बसेर प्रार्थना गर्न सरकारको आह्वान

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

मुस्लीम धर्मालम्बीहरूको प्रतिष्ठित संस्था जमैत उलेमा–ए–हिन्दले मुसलमान धर्मावलम्बीहरूलाई घरमै बसेर प्रार्थना गर्न आह्वान गरेको छ । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि यस्तो आह्वान गरिएको संस्थाले जनाएको छ । मुसलमान धर्मालम्बीहरु हरेक हप्ता शुक्रवार मस्जीदमा जम्मा भएर प्रार्थना गर्ने परम्परा रहेकोले उनीहरूलाई कोरोना सङ्क्रमणको खतरा धेरै रहेको भन्दै चिन्ता व्यक्त हुँदै आएको थियो । जमैतका अध्यक्ष मौलाना अर्शद मदानीले शुक्रवार आफ्नै घरमा बसेर प्रार्थना गर्न समस्त मुसलमान धर्मावलम्बीहरुलाई आग्रह गर्नुभएको हो । उहाले भन्नुभयो “मस्जीदमा भेला भएर प्रार्थना गर्नुको सट्टा घरमै बसेर प्रार्थना गर्न आग्रह गर्दछु ।” मुस्लीम धर्मावलम्बीहरूले हरेक दिन पाँच पटक प्रार्थना गर्दछन्। “सबै मान्छेले भेला हुने कार्यलाई अस्वीकार गर्नुपर्दछ, मानव जीवन रक्षाका लागि यो अत्यावश्यक छ” उहाले भन्नुभयो। सरकारी निकायहरुको आग्रह र निर्देशनलाई समेत मध्यनजर गर्दै यस्तो आग्रह गरिएको अध्यक्ष मदानीले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । सिरहामा प्रहरी हिरासतमा रहेका एक थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय, मिर्चैयाको नियन्त्रणमा रहेका अर्नमा गाउँपालिकाका असलम मन्सुरी बिहीबार बुलेकी फरार भएका हुन् । अभद्र व्यवहार मुद्दामा बिहीबार नै उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।‘उनको खोजी भइरहेको छ,’ मिर्चैयाका प्रहरी प्रमुख […]

बाँके । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विहीवार नेपालगन्जको स्थलगत अनुगमन गरेका छन् । नेपालगन्जका विभिन्न स्थानमा पुगेर उनले नागरिक अगुवा र धार्मिक गूरुसँग प्रत्यक्ष सम्बाद समेत गरेका छन् । स्थलगत अनुगमन पछि उनले नेपालगन्जलाई सद्भावको सहरको रुपमा राखि राख्न सम्बेदनशील क्षेत्र र धार्मिक गूरु एवम् नागरिक समाजका अगुवासँग प्रत्यक्ष छलफल गरेको बताए । उनले […]

  बाँके । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ ।पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली […]

error: Content is protected !!