२७ फाल्गुण २०८१, मंगलबार
11-03-2025 , Tue
×

कोरोनाको कारण मृत्यु हुनेको संख्या झण्डै १२ हजार १ सय ८६ देशमा फैलियो

Logo
प्रकाशित आइतबार, चैत्र ०९, २०७६

काठमाडौं कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या झण्डै १२ हजार पुगेको छ ।
सङ्क्रमित २ लाख ८५ हजार ६ सय ६५ मध्ये अहिलेसम्म ११ हजार ८ सय ७५ जनाको ज्यान गएको छ । ९३ हजार ५ सय ८४ जना उपचारपछि घर फर्किएका छन्।
सबैभन्दा धेरै इटलीमा ४ हजार ३२ जनाको ज्यान गएको छ । इटलीमा सङ्क्रमित भएका ४७ हजार व्यक्तिमध्ये २६ सयको अवस्था गम्भीर रहेको छ भने ५ हजार १ सय २९ जना निको भएर घर फर्किएका छन् ।
सङ्क्रमणको केन्द्रबिन्दु मानिएको चीनमा ८१ हजार कोरोना सङ्क्रमितमध्ये ७१ हजार ७ सय ४० जना निको भएर घर फर्किएका छन् । चीनमा अहिलेसम्म ३ हजार २ सय ५५ जनाको ज्यान गएको छ ।
अहिलेसम्म चीन र इटलीपछि सबैभन्दा धेरै इरानमा १५ सय ५६, स्पेनमा १३ सय २६, फ्रान्समा ४५०, अमेरिकामा २७६ जना, बेलायतमा १७७ जना र दक्षिण कोरियामा १०२ जनाको ज्यान गएको छ ।
अहिलेसम्मा कोरोना भाइरसको सङ्क्रमण १ सय ८६ देशमा फैलिएकोे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मंगलबार बिहान चीनको सिचाङ तिब्बतमा गएको भूकम्मा परी ५३ जनाको मृत्यु काठमाडौं । चीन क्षेत्रीय प्रकोप राहत मुख्यालयलाई उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार भूकम्पमा थप ३८ जना घाइते भएका छन्। मृत्यु भएकाहरु सबै तिब्बतकै रहेको जनाइएको छ। आज बिहान स्थानीय समय अनुसार बिहान ९:०५ बजे सिजाङ प्रान्तको सिगात्छेस्थित डिङ्ग्री काउन्टीमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको […]

दैनिक पानी पिउनुका अनेक फाइदाहरु यस्तो   तातो होस् वा चिसो जुन तापक्रमको  पानी खाँदा पनि स्वास्थ्यलाई फाइदा नै हुन्छ। तर तातो पानीका अतिरिक्त फाइदा छन्। मानिसले सदियौँदेखि तातो पानी पिउँदै आइरहेका छन्। यस्तै विभिन्न अनुसन्धानले तातो पानी खाँदा शरीरमा कस्ता खालका फाइदा हुन्छन् भनेर पनि बताएका छन्। दिनभरी थोरै थोरै गरी तातो पानी खानुका […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!