२९ फाल्गुण २०८१, बिहिबार
13-03-2025 , Thu
×

जमुना प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २३, २०७६

सागर थापा /महेन्द्र सिंह
बाँके नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
जानकी गाउँपालिका-६ बस्ने ३५ वर्षीय सट्टु चौहानलाई नियन्त्रित लागूऔषध कोरेक्स २ सिसि, नाईट्रोभ्याट १५ ट्याब्लेट र स्पास्मो १६ ट्याब्लेट सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका चौहानलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय जमुनाका प्रहरी प्रमुख माधव रिजालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २४ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८४ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ २५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८५ पैसा कायम भएको छ । […]

  काठमाडौं । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईं तथा भित्री मधेशका जिल्लाहरूमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । रङहरूको पर्वका रूपमा प्रत्येक वर्ष आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने होली पर्व देशभर विभिन्न रङ र अबिर खेल्दै खुसियालीसाथ मनाउने परम्परा रहेको छ । फागुपूर्णिमाको अवसरमा हिमालदेखि […]

काठमाडौं । अवकाश पाएको दुई महिनामै पूर्व एआईजी भरतबहादुर बोहरा सरकारबाट नयाँ जिम्मेवारीमा नियुक्त भएका छन्। उनलाई सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको सदस्य बनाएको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा आयोग गठन गरेको हो। आयोगमा बोहरा सहित बद्रीप्रसाद भट्टराई सदस्यको रूपमा नियुक्त भएका छन्। बोहरा कांग्रेस सभापति शेरबहादुर देउवाका पूर्व पीएसओ हुन्। कांग्रेस […]

error: Content is protected !!