काठमाडौं फागुन १८ महोत्तरीको गौशलास्थित निगौल गाई गौशालाको जग्गामा बनेका घर–टहरा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको नेतृत्वमा भत्काइएको छ । वर्षाैंदेखि बस्दै आएको आफ्नो भत्काएपछि स्थानीयहरुमा रुवाबासी चलिरहेको छ ।
स्थानीयहरुले आफूहरु यस ठाउँमा वर्षाैंदेखि बस्दै आएको र सरकारले घर भत्काइदिएपछि घरबारबिहीन भएको भन्दै विलौना गरिरहेका छन् । आँखा अगाडी नै आफ्नो घर भत्किएको र सामान असरल्ल भएको देखेपछि कतिपय बेहास् भएर ढलेका छन् । केटाकेटी वृद्धवृद्धा, युवा सबैजसो रोइरहेका छन् ।