२४ पुष २०८१, बुधबार
08-01-2025 , Wed
×

नेपाल प्रहरी नेतृत्वमा एकता संगठनलाई बलियो बनाउने सहमति

Logo
प्रकाशित बुधबार, फाल्गुण ०७, २०७६

सागर थापा (क्राईमरिपोर्टर) काठमाडौं फागुन ७ नेपाल प्रहरीमा सधै गुटबन्दी आक्रान्त यसपटक फर दृश्य देखिएको छ । उच्च प्रहरी अधिकारीले मिलेर अघि बढ्ने घोषणा गरेका छन् ।
महानिरीक्षक बढुवामा हुने प्रतिस्पर्धाका कारण प्रहरी नेतृत्वमा सधैँ बेमेल हुनेमा यसपटक भने फरक अवस्था देखिएको हो । प्रतिस्पर्धीहरूले समेत एकजुट भएर अघि बढ्ने र प्रहरीलाई बलियो बनाउने प्रण गरेका छन् ।
ठाकुर ज्ञवालीसँगै उनका ब्याची तारिणी लम्साल र सूर्यप्रसाद उपाध्यायसमेत आइजिपी बढुवाको प्रतिस्पर्धामा थिए । ज्ञवाली आइजिपी भएपछि बधाई दिँदै उनीहरूले आफूहरूको पूर्ण सहयोग रहने बताएका छन् । ‘महानिरीक्षक बढुवामा मेरो समर्थन छ, महानिरीक्षकलाई पूर्ण सहयोग हुनेछ,’ डिआइजी लम्सालले भने, ‘व्यक्तिगत स्वार्थभन्दा पनि प्रहरी संगठनलाई बलियो बनाउन हामी एकजुट हुनेछौँ ।’ आफ्ना ब्याचमा ज्ञवाली पहिलो नम्बरमा थिए । मंगलबारको मन्त्रिपरिषद्को बैठकले उनलाई आइजिपीमा बढुवा गरेको थियो । बढुवा पछि लम्सालले घरमै गएर ज्ञवालीलाई बधाई दिएका थिए । मुख्यालयमा स्वागत कार्यक्रममा पनि उनी ज्ञवाली सँगसँगै थिए ।
उता गृहमन्त्री रामबहादुर थापाले आफ्ना सहयोगीलाई साथ लिएर अघि बढ्न प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई सुझाब दिएका छन् । बुधबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा थापाले कार्यकाल छोटो भए पनि धेरै गर्न सकिने भन्दै आफ्नो पूर्ण साथ रहने बताए । यसैबीच, ज्ञवालीले संगठनमा भातृत्वको भावना बढाएर अघि बढ्ने बताएका छन् ।
प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहका बीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनमा उनले संगठनले लिएको लक्ष्यप्रति विमुख नभई अगाडि बढ्नुपर्ने बताए । प्रहरी नेतृत्वमा एकता भएमा राजनीतिक हस्तक्षेप कम हुने र प्रहरी बलियो हुँदै जाने प्रहरी अधिकारीहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौंमा बुधबार बिहान ९ बजेर ३७ मिनेट जाँदा भूकम्पको धक्का काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ९ बजेर ३७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।

  बाँके । नेपालगन्ज ट्राफिक नियमको बारेमा सचेतना अभियान संचालन गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेले नेपालगञ्जको फुटपाथ अतिक्रमण हटाउने अभियान थालेको छ । फुटपाथ अतिक्रमण गरि पसल संचालन भएपछि पैदल यात्रुलाई आउजाउमा समस्या भई ट्राफिक ब्यवस्थापनमा समस्या भएपछि फुटपाथ ब्यवस्थापन अभियान थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुष्कर […]

  काठमाडौं । मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले  प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप समूह, चिकित्सकतर्फ प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।

error: Content is protected !!