३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

IGP खनालबाट महानगरीय ट्राफिक परिसर भक्तपुरको नवनिर्मित भवन उद्घाटन

Logo
प्रकाशित मंगलबार, माघ १४, २०७६

एबिसी संचार)
काठमाडौं माघ १४ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरको नवनिर्मित कार्यालय भवनको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । उहाँले उक्त भवनको शीलालेखको अनावरण गर्नुको साथै निरीक्षण समेत गर्नुभयो ।
उक्त भवन समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत जनसहभागिताद्वारा निर्माण सम्पन्न भएको हो । सो अवसरमा भवन निर्माण समितिका अध्यक्ष नविन प्रजापतिले प्रहरी महानिरीक्षक खनाललाई सो भवन हस्तान्तरण समेत गर्नुभयो ।
समारोहमा प्रहरी महानिरीक्षक खनालले भवन निर्माणको क्रममा सहयोगी दाता र निर्माण समितिका पदाधिकारीहरुलाई सम्मानपत्र प्रदान गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले समुदायको साथ र सहयोग प्राप्त भएमा निर्माणको कार्यले तीव्रता पाउने उल्लेख गर्दै प्रहरीले प्राप्त भवन मार्फत आमनागरीकलाई प्रदान गर्ने सेवाको स्तरमा थप उत्कृष्टता आउनु पर्नेमा जोड दिनुभयो । प्रहरीले अपराध विरुद्ध कठोर रुपमा प्रस्तुत भई अपराध न्यूनिकरण र शान्ति सुरक्षा कायम गर्न सरोकारवाला निकायहरु तथा नागरिकसँगको समन्वय गरेर अगाडि बढ्नुपर्ने उहाँले चर्चा गर्नुभयो ।
समाजको सुरक्षामा समुदायको समेत सहभागिता आवश्यक भएकोले नेपाल प्रहरीले “समुदाय-प्रहरी साझेदारी” को अवधारणा ल्याएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले यस अवधारणा अन्तर्गत विभिन्न कार्यक्रम संचालनको लागि नागरिक समाजसँग समन्वय गर्दै अगाडि बढेको बताउनुभयो । कानुनको कार्यान्वयन गरी समाजमा शान्ति सुरक्षा स्थापना गर्न प्रविधिसँगै मानवीय उपस्थिति पनि आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।
समारोहमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले नवनिर्मित सुन्दर भवनसँगै नेपाल प्रहरीको पेशागत क्षमतामा समेत थप अभिवृद्धि हुनुपर्ने चर्चा गर्नुभयो । समुदाय-प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र जनताबीचको सम्बन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै नेपाल प्रहरीले कानुनको कार्यान्वयनमा निष्पक्षरुपमा अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष नविन प्रजापतिले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
भवन निर्माण समितिका कोषाध्यक्ष जितेन्द्र खायमलीले नवनिर्मित भवनको आयव्यय विवरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा स्थानीय निकायका प्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विहीवार नेपालगन्जको स्थलगत अनुगमन गरेका छन् । नेपालगन्जका विभिन्न स्थानमा पुगेर उनले नागरिक अगुवा र धार्मिक गूरुसँग प्रत्यक्ष सम्बाद समेत गरेका छन् । स्थलगत अनुगमन पछि उनले नेपालगन्जलाई सद्भावको सहरको रुपमा राखि राख्न सम्बेदनशील क्षेत्र र धार्मिक गूरु एवम् नागरिक समाजका अगुवासँग प्रत्यक्ष छलफल गरेको बताए । उनले […]

  बाँके । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ ।पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली […]

मेष -आजको दिन तपाईंको लागि उत्साहजनक रहन सक्छ। नयाँ योजनाहरूमा सफलता मिल्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। वृष -आर्थिक मामिलामा सतर्क रहनुहोस्। अनावश्यक खर्च बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। मिथुन -व्यावसायिक क्षेत्रमा प्रगति हुनेछ। नयाँ अवसरहरू प्राप्त हुनेछन्। सामाजिक प्रतिष्ठा बढ्नेछ। कर्कट -मानसिक तनाव कम हुनेछ। परिवारसँग समय बिताउन पाउनु हुनेछ। यात्रामा जान सकिने […]

error: Content is protected !!