२४ फाल्गुण २०८१, शनिबार
08-03-2025 , Sat
×

पोखरामा चम्ल्याहा शिशुहरु जन्म कति छोरा कति छोरी

Logo
प्रकाशित बिहिबार, माघ ०२, २०७६

(एबिसी संचार)
पोखरा माघ १ एक युवतीले चम्ल्याहा (चार शिशु) लाई जन्म दिएकी छन्। स्याङ्जाको पुतलीबजार –१, घर भएकी सुनिता प्रधानले बिहिबार पोखराको मणिपाल शिक्षण अस्पतालमा एकैपटक ४ शिशुलाई जन्म दिएकी हुन्।
उनले दुई छोरा र दुई छोरीलाई जन्म दिएको अस्पतालले जनाएको छ । २६ वर्षीय प्रधानले पहिलो बच्चाका रुपमा १.६ किलोग्राम तौलकी छोरीलाई जन्म दिएकी थिइन्। त्यसपश्चात १.३ किलोग्रामको छोरा, तेश्रोमा १.३ किलोग्रामकी छोरी र चौँथोमा १.४ किलोग्रामको छोरालाई जन्म दिएकी हुन्।
अस्पतालका शल्य चिकित्सक डा. महेन्द्र पाण्डे नेतृत्वको टोलीले शल्यचिकित्साको माध्यमबाट ४ शिशुलाई जन्म दिइएको हो। बच्चा तथा आमाको स्वास्थ्य शकुशल रहेको अस्पतालले जनाएको छ । एकैपटक चार शिशुलाई जन्म दिइने घटनालाई दुर्लभ मानिने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जिल्ला प्रहरी बाँके जिल्ला ट्राफिक बाँके विद्यार्थी र सरोकारवालासहित निकालिएको र्‍याली बिपी चोकबाट सुरु भई धम्बोझी चोकमा पुगेर समापन भएको थियो । सुरक्षित यात्रा नेपाल बुटवलको आयोजना र नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल एवम् जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा विभिन्न सचेतनामूलक प्ले(कार्डसहित बृहत् र्‍याली निकालिएको थियो । त्यसक्रममा […]

  काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीले ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई मोबाइल प्रयोगमा रोक लगाएको छ । ड्युटीमा रहेका प्रहरीहरु मोबाइलमा लामो समय गफिदै बस्ने, फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा व्यस्त रहने गुनासोपछि सप्तरी प्रहरीले मोबाइल प्रयोगमा रोक लगाएको हो । अब ड्युटीमा खटिएका बखत कमान्डरबाहेक अन्य प्रहरीले मोबाइल चलाउन पाउने छैनन् । कमान्डरले पनि […]

  बाँके । जिल्ला प्रहरी कार्यालय रौतहटको घुमुवा हुँ भन्दै किसानसँग पैसा मागिरहेका एकजना नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका छन्। नक्कली प्रहरीको रूपमा पक्राउ पर्नेमा गरुडा नगरपालिका ८ बिर्ता गाउँका ४४ वर्षीय सदरे आलम रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए। शुक्रवार दिउँसो गौर चन्द्रिगाहपुर सडकखण्ड अन्तर्गत बिर्ता चौकमा आलमले आफू […]

error: Content is protected !!