२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दुबईबाट फर्किएका मोरङका सञ्जय ओझालाई प्रहरीले बिमानस्थलमा लछारपछार लात्ती र मुक्का प्रहार

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख ०३, २०८२

 

काठमाडौं । सामाजिक सञ्जालमा हिजो बिहानदेखि भाइरल भइरहेको उक्त भिडियाे चैत ३१ गतेको हो । जहाँ नेपाल प्रहरीका हवल्दार लगायत अन्य प्रहरीले सञ्जयलाई ‘ट्याक्सी वे’ बाट लछारपछार गर्दै भित्र लगेर मुक्का प्रहार गरेका छन् भने भित्तामा टाँसेर ‘बुट’ले खुट्टामा समेत हानेका छन् ।

रोजगारीको सिलसिलामा दुबईमा रहेका सञ्जय आफन्तको विवाहका लागि १० दिनको छुट्टी लिएर नेपाल आएका थिए । तर विमानस्थलमा ट्याक्सीसँग विवाद हुँदा उनी प्रहरीबाट कुटिएका हुन्।

सिधाकुरासँग सम्पर्कमा आएका ओझाका अनुसार हिमालय एयरलाइन्सबाट विमानस्थलमा झरेपछि उनीहरू नियमित प्रक्रिया अनुसार नै बाहिरिँदै थिए । भन्सार जाँच पासमा लगेज चेकजाँच गरेर उनीहरू सरासर नै बाहिरिएका थिए ।

उनका अनुसार उनी आगमन कक्षबाट बाहिर निस्किएपछि लगेज ट्रलीमा हालेर आगमन कक्षको ढोका बाहिर कुरिरहेका थिए । त्यही बेला एक जना व्यक्ति आएर उनलाई ‘ट्याक्सी चाहिने हो’ भन्दै सोधे । तर उनले हैन भनेपछि ती व्यक्तिले त्यहाँ ट्रली राख्न नपाइने भन्दै उनलाई हकार्न थाले ।

ती व्यक्तिसँग सञ्जयले यसअघि आउँदा ट्याक्सीसम्म ट्रली लैजान पाएको बताए । त्यसपछि पनि ती व्यक्तिले आफू विमानस्थलको कर्मचारी भएको र ट्रली लान नपाउने दाबी गर्न थाले । त्यसपछि सञ्जयले ती व्यक्तिकाे कार्ड देखाउन भने । ती व्यक्तीले कार्ड देखाउनुको सट्टा उल्टै हप्काउन खोजपछि सञ्जयले नै प्रहरीलाई बोलाए ।

तर प्रहरी आएपछि उल्टै सञ्जयलाई थर्काउन थाले । त्यसपछि उनी आगमन कक्षबाट बाटो क्रस गरेर पार्किङतिर सोझिँदै फोन निकालेका मात्रै थिए, ती प्रहरी आएर उनलाई झनझनै थर्काउन थाले, त्यस बेला उनले भिडियो कैद गर्न सुरु गरेका थिए ।

आफूले भिडियो खिचेको थाहा पाएपछि त्यहाँ आएका प्रहरी, ट्राफिक प्रहरीले एक्कासि हातपछि लगेर घिसार्दै आगमन कक्षको प्रतीक्षालयमा लगेको सञ्जय बताउँछन् ।

बाहिरबाटै लतार्दै लगेका प्रहरीले भित्र लगेर बुटले सञ्जयको खुट्को नलीमा हिर्काएको सार्वजनिक भएको भिडियोमै देखिन्छ ।

त्यस्तै विमानस्थलमा भएका अन्यले समेत प्रहरीको अत्याचार देखेर होहल्ला सुरु गरेका थिए । त्यसपछि भने प्रहरीहरूले आफूलाई हल्ला नगर्नु भन्दै पठाएको सञ्जय बताउँछन्  ।

यसरी विमानस्थलमा सुरक्षामा खटिएका प्रहरीबाटै कुटपिट हुनु दुखद भएको उनी बताउँछन् । त्यस्तै विदेशबाट फर्किएको मानिस विमानस्थलमा आउँदा फेरिएका नियमहरू बुझाउनुपर्नेमा उल्टै सबै मानिस अघि प्रहरीले कुटपिट गर्दा नराम्रो लागेको उनी बताउँछन् ।

सञ्जय प्रहरी र विमानस्थलमा भएको घटनामा न्यायका लागि कानुनी प्रक्रियामा जान खोजे पनि एक सातामै कर्मभूमि फर्किनुपर्ने भएकाले फेरी विमानस्थलमा उनीहरूले समस्या पार्न सक्ने भन्दै त्रसित छन् ।

उता नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरनका एसएसपी सोमेन्द्र सिंह राठौरले भने उनले भन्सारबाटै लफडा गर्दै आएर बाहिर ट्याक्सी व्यवसायीसँग पनि लफडा गरेकाले भित्र लगेर सम्झाएको बताएका छन् । एसएसपी राठौरले सञ्जयलाई प्रहरीले कुटपिट नगरेको दाबी गरेका छन् ।

यता सञ्जयले भने आफूले भन्सारमा कुनै लफडा नगरेको र राम्रोसँग चेकजाँच भएरै निस्किएको बताएका छन् । साथै प्रहरीले आफूले जुत्ताले हान्न खोजेको भन्दै झुटो दाबी गरेको सञ्जय बताउँछन् । प्रहरीले लछारपछार गर्दा आफ्नो जुत्ता फुत्किएपछि हातमा समाएको उनको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!