२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

निलम्बित न्यायाधीश भुवन गिरीले उच्च अदालत,पाटनबाट सफाइ पाए

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, चैत्र ३१, २०८१

निलम्बित न्यायाधीश भुवन गिरीले उच्च अदालत,पाटनबाट सफाइ पाए

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा आइतबार (आज) न्यायाधीश लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो।

जिल्ला अदालत, काठमाडौं र उच्च अदालत, पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए तर, त्यसपछि सर्वोच्च अदालतले गत २०८० चैत २१ गते वैवाहिक बलात्कार मुद्दामा गिरीलाई थुनामा पठाउने फैसला सुनाएको थियो।

उक्त मुद्दामा जिल्ला अदालत, काठमाडौंले गत २०८१ जेठमा दोषी ठहर गर्दै थुनामा पठाउन आदेश गरेको थियो। जिल्लाले गिरीलाई सात वर्ष कैद, तीन लाख जरिवानाको सजाय सुनाएको थियो। जिल्लाको उक्त आदेशविरुद्ध गिरीले उच्च अदालत, पाटनमा पुनरावेदन गरेका थिए।

तर, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भने सजाय कम भएको भन्दै रिट निवेदन दिएको थियो। उच्चकी सूचना अधिकारी पार्वती हितानका अनुसार पुनरावेदन रिटमाथि आज भएको सुनुवाइपछि जिल्लाको आदेश उल्ट्याउँदै उच्चले सफाइ दिएको हो।

सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीलाई सहमति बिना शारीरिक सम्बन्ध राखेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!