
पर्सा । वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायबीच झडप भएको छ । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छप्कैया चोकमा दुई समुदायबीच झडप भएको हो ।केही पसलहरूमा आगजनी समेत गरिएको छ ।
झडपमा केही स्थानीय र प्रहरी समेत घाइते भएका छन् ।अहिले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ प्रहरीहरु तैनाथ गरिएको जिल्ला प्रहरी पर्साले जनाएको छ ।