२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालगन्जको हनुमानगढीमा हनुमान जयन्तीको अवसरमा धार्मिक कार्यक्रम शुरु गर्ने तयारीमा

Logo
Abc Sanchar प्रकाशित शनिबार, चैत्र ३०, २०८१

नेपालगन्जको हनुमानगढीमा हनुमान जयन्तीको अवसरमा धार्मिक कार्यक्रम शुरु गर्ने तयारीमा

बाँके । नेपालगन्ज अखण्ड रामायण पाठ, अष्टयाम सङ्कीर्तन एवं निशान पूजनसहित सुरु भएको हनुमान जयन्तीमा भारतको कानपुरबाट आएको १२ जनाको टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायत कथा प्रवचन गर्ने हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुदिप भट्टराईले जानकारी दिए ।

त्यसक्रममा भजनकीर्तनसहित मञ्चमा हनुमान चालिसा, सुन्दरकाण्डलगायत कथा प्रवचन निरन्तर होम हुने उल्लेख गर्दै भट्टराईले काठमाडौँ, विराटनगर, बुटवल, सुर्खेत, सल्यान, भारतको बहराइच, सेराबस्ती, गोन्डालगायत क्षेत्रबाट यहाँ भक्तजनको सहभागिता रहने बताए ।

हनुमान जयन्तीको अन्तिम दिन शोभायात्रापछि करिब १२ हजारका लागि भण्डारा (भोजन) कोसमेत व्यवस्थापन गरिएको छ ।

हनुमानगढीका थानापति महन्थ उमेश गिरीले यस्तो पवित्र स्थानमा भौतिक संरचनाको विकास नभएको गुनासो गरे । विगतमा फोहर व्यवस्थापन गर्ने, कुस्ती खेल्ने ठाउँ र बाल्दा नामको ऐतिहासिक तलाउ रहे पनि ऋषिमुनिको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको स्थानका रूपमा रहेकाले यसको महिमा उँचो रहेको उनले बताए  ।

मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव विश्वराज तिवारीले धार्मिक क्षेत्रमा हनुमानगढीको गरिमा बढ्दै जाँदा यसले धार्मिक पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । हनुमान जयन्तीको अन्तिम दिन अर्थात् शनिबार बिहान शोभायात्रासहितको धार्मिक झाँकीले बजार परिक्रमा गर्ने उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!