०६ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बल्खु क्षेत्रको अनुगमन अराजकता र हिंसामा विश्वास नराख्ने स्पष्ट,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र २४, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले अराजकता र हिंसामा विश्वास नराख्ने स्पष्ट पारेका छन्।

उनले पार्टीका सबै कार्यक्रम शान्तिपूर्ण रूपमा सञ्चालन हुने बताउँदै भोलि बल्खु क्षेत्रमा आयोजना हुने प्रदर्शन पनि अहिंसात्मक र भद्र रूपमा सत्याग्रहको स्वरूपमा अघि बढ्ने दाबी गरे।

“हामी कुशासन र भ्रष्टाचारको अन्त्य चाहन्छौँ। यस अभियानमा सहभागी हुन राप्रपाको झण्डा, नेपालको राष्ट्रिय झण्डा वा कांग्रेस, एमाले, माओवादीका समर्थक भए पनि हाम्रा मुद्दालाई समर्थन गर्ने जो कोहीलाई आह्वान गर्छु,” लिङ्देनले भने।

उनले देश बनाउने र बचाउने अभियानमा सबैलाई आफ्नै झण्डासहित सहभागी हुन आग्रह गरे।

यसैबीच, अध्यक्ष लिङ्देनले गत चैत १५ गते भएको प्रदर्शनमा राज्यले नै हिंसा भड्काउन खोजेको आरोप लगाए। उनले हिंसात्मक गतिविधि गर्ने जोसुकैलाई कारबाही गर्ने चेतावनीसमेत दिए।

राप्रपाका नेता ज्ञानेन्द्र शाहीले भोलिको बल्खु क्षेत्रको कार्यक्रमको तयारीस्वरूप स्थलको अनुगमन गरिएको जानकारी दिए।

काठमाडौँ प्रहरी प्रमुख र मातहतका प्रहरी अधिकारीहरूसँग छलफल गरी प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आवश्यक समन्वय गरिएको उनको भनाइ छ।

राप्रपाले कुशासन र भ्रष्टाचारविरुद्ध आफ्नो अभियानलाई सशक्त बनाउँदै देशव्यापी प्रदर्शनको घोषणा गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी । नेपाल भारतको मधुवनी जिल्लाको D.M को निमन्त्रणामा मधुवनी जिल्लाको जयनगरमा आयोजित सीमा सुरक्षा बैठकमा नेपालको तर्फबाट धनुषा, महोत्तरी, सप्तरी, सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरु, प्रहरी प्रमुख (प्र.उ.) हरु, सशस्त्र प्रहरी प्रमुख (स.प्र.उ.) हरु, राष्ट्रिय अनुसन्धानका प्रमुख (उप-अनुसन्धान निर्देशक) हरु र भारतको तर्फबाट Mr. Arvind Kumar Verma, IAS (D.M. Madhubani), Mr. Yogendra Kumar, IPS […]

  दाङ । लमही कृष्णनगर घोराहीतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा दाङको राजपुर गाउँपालिका–५ बस्ने ५७ निमसरोज यादव रहेका छन् । अर्का एक जना मृतकको भने सनाखत हुन बाँकी छ । दुर्घटनामा परेर १५ जना घाइते भएका छन् । […]

बुटवल । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ बुटवल सडक खण्डको दाउन्नेमा रोकिएका गाडी अघि बढ्न थालेका छन् । गएराति १२ बजेदेखि पूर्णरूपमा बन्द भएको सडकमा केहीबेर अघिदेखि गाडी अघि बढाउन थालेको नारायणगढ–बुटवल सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रले जानकारी दिनुभयो । अस्ति बुधवारदेखि दिउँसो ११ बजेदेखि ३ बजेसम्म बन्द गरेर सडक स्तरोन्नतिको काम गर्ने गरेकोमा […]

error: Content is protected !!