०४ बैशाख २०८२, बिहिबार
17-04-2025 , Thu
×

राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा सभा गर्दै ड्रोन क्यामराबाट निगरानी २ हजार प्रहरी परिचालन,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, चैत्र २४, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा सभा गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको हो । उपत्यका बाहिरका जिल्लाहरूबाट समेत ठूलो संख्यामा मान्छे सभामा उपस्थित हुने दाबी राप्रपाले गरेको छ । राप्रपाको भोलि मंगलबारको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् । जिल्ला सुरक्षा समितिको सुरक्षा विश्लेषणपछि राप्रपाले माग गरेको भृकुटीमण्डपमा नभई बल्खु क्षेत्रमा प्रदर्शन तथा सभाका लागि ठाउँ दिइएको छ । बल्खुको सभाका लागि भने २ हजार प्रहरी परिचालन गरिने बताइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले २ हजारको हाराहारीमा प्रहरी परिचालन हुने दाबी गरे ।
सादा पोशाकदेखि बर्दीका प्रहरी गरेर २ हजार खटिने उनको भनाइ छ । त्यसैगरी सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेले भने आवश्यकताअनुसार सुरक्षाकर्मी खटाउने बताएका छन् । यसका साथै सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोनबाट प्रदर्शनको निगरानी गरिने प्रहरीले जनाएको छ । उच्छृङ्‍खल गतिविधि गर्नेहरूलाई विशेष निगरानी राख्दै कारबाहीको प्रक्रिया समेत अघि बढाइने दाबी प्रहरीले गरेको छ ।

१५ चैतमा राजावादीको तर्फबाट दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो । जसमा कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजगको मृत्यु भएको थियो । यता प्रहरीले अनाश्यक दमन गरेको भन्दै त्यसको आलोचना समेत भइरहेकै छ ।
तीनकुने घटनाबाट झस्केको प्रहरीले अहिले भने सुरक्षा रणनीतिबारे केही बताउन चाहेको छैन । तीनकुनेजस्तो बल्खु क्षेत्र संवेदनशील नभएको र तीनकुनेको जस्तो उच्छृङ्‍खल गतिविधि समेत नहुने सुरक्षा विश्लेषण गरिएको छ ।
यता राप्रपाले ठूलो संख्यामा जुलुस आएर बल्खुमा सभा हुने र त्यसलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने बताइएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले कार्य सम्पादन समितिको बैठक भर्खरै सम्पन्न भएको र भोलिको प्रदर्शन र सभा सफल बनाउने निर्णय भएको बताए ।
उनका अनुसार मंगलबार साढे ११ बजेबाट उपत्यकाका विभिन्न ठाउँहरुबाट जुलुस निस्केन बताए । अहिले नै कति ठाउँबाट निस्कने भन्ने यकिन भइनसकेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष-आज दिनको आरम्भ राम्रो हुनेछ। मनमा हल्का असमंजस आउन सक्छ, तर आत्मविश्वासले अग्रसर गराउँछ। क्रोधमा न आउनुहोला, तपाईंको शब्दले धेरै असर गर्न सक्छ। व्यावसायिक योजनामा ध्यान दिनुहोस्। वृष-आजको दिन उत्साहजनक हुनेछ। कुनै नयाँ जानकारी वा सल्लाहले तपाईंलाई मार्गदर्शन गर्नेछ। कुनै साथी वा परिवारको सदस्यसँग संवादले मनको बोझ हल्का हुनेछ। असावधानीले आर्थिक समस्या ल्याउन सक्छ ख्याल […]

८५ जना प्राविधिक प्रहरी कर्मचारीको बढुवा तथा पदस्थापन काठमाडौं । प्रहरी महानिरीक्षकको आज वैशाख ३ गतेको निर्णयअनुसार आकै समितिबाट लागु हुने गरी प्राविधिक प्रहरी समुह तर्फ ८५ जनाको बढुवा तथा पदस्थापन गरिएको हो ।

  काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री पृथ्वीसुब्बा गुरुङले केहि दिन अघि रुपन्देहीको एक कार्यक्रममा चैत मसान्तबाट नेपालमा दर्ता नगर्ने सामाजिक संजाल बन्द हुने घोषणा गरे । उनले भने, ‘हामीले मेटालाई दर्ताको सूचना दिएको २ महिना भइसक्यो । तर, कुनै जवाफ आएको छैन । चैत मसान्तसम्म दर्ता नभए बन्द गर्छौँ ।’ तर सरकारले दिएको समयसिमानै […]

error: Content is protected !!