
पोखरा । सिचुआन प्रान्तको सहयोगमा एयरलाइन्सले मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर उडान गर्ने भएको हो ।
विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तराष्ट्रिय उडान हुन नसकेको अवस्थामा आज पहिलो पटक सिचुवान एयरलाइन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदै छन् ।
यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान-प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पुऱ्याउने नेपाल पर्यटन बोर्डको विश्वास छ।